पुरानै कामदार लाई प्राथमिकतामा राख्दै कोरिया,नयाँ भाषा परिक्षा यो महिनामा हुन सक्ने !

कोरिया समाचार

सिओल

सरकारले नयाँ भन्दा पुराना कामदारलाई प्राथमिकता दिँदै कोरियामा रोजगारीका लागि पठाउने तयारी गरिरहेको देखिएको छ। कोरियामा ४ बर्ष १० महिना काम गरि नेपाल फर्केका कामदारहरुको परीक्षा आउँदो पौष १ गतेदेखि ६ गतेसम्म हुने गरि काम अघि बढिसकेको छ।

इपिएस कोरिया शाखाले यसका लागि सिबिटी परीक्षाको सूचना प्रकाशित गरि परीक्षार्थीहरुले फाराम समेत भरिसकेका छन।तर कोरोना पछि नियमित रुपमा भाषा परीक्षा नहुँदा भाषा पढेर बसेका हजारौं युवाहरु परीक्षा दिन पाइरहेका छैनन।

को’रो’नाकै कारण भाषा पास गरेर कोरिया जान तयार भएर बसेका कामदारहरु समेत कोरिया जान पाइरहेका छैनन। सरकारले कोरियासँग कामदार पठाउने विषयमा विभिन्न चरणमा बार्ता गर्दै आइरहेको छ। तर अहिले हेर्दा दक्षिण कोरियाले नयाँ कामदार भन्दा पनि पुराना कामदारहरुलाई प्राथमिकतामा राखेको जस्तो देखिन्छ।

यता नेपाल सरकार भने भाषा पास गरेर बसेका नयाँ कामदारहरुलाई जति सक्दो छिटो कोरिया पठाउन प्रयासरत रहेको छ। सरकारले २ बर्षयता नियमितरुपमा कोरियन भाषा परीक्षा समेत लिन सकिरहेको छैन।

दक्षिण कोरियाले नेपालबाट मुख्यगरी २ क्षेत्रमा कामदारहरु लिँदै आइरहेको छ। कृषि तथा पशुपालन क्षेत्र र औध्योगिक क्षेत्रमा नेपालबाट दक्षिण कोरिया कामदारहरु गइरहेका छन। कोरियनहरुको रोजाइमा नेपाली कामदारहरु अग्रपङ्गति मै पर्ने भएकाले आउँदा दिनहरुमा पनि नेपाली कामदारहरुको उच्च माग हुने अपेक्षा नेपालले राखेको छ।

लामो समयको पर्खाइपछि कार्तिकको पहिलो साताबाट प्रतिबध्द कामदार नेपालबाट जान थालिसकेका छन। अब भने प्रतिबध्द कामदारहरु सहित नयाँ भाषा परीक्षा पास गरेकाहरुलाई पनि कोरिया पठाउने तयारी गरिएको छ।

सरकार को’भि’ड म’हा’मा’री सुरु भएपछि रोकिएको कोरिया रोजगारीलाई केही समय यतादेखि चलायमान गराउन उद्देलित छ । भाषा परीक्षा पास गरेका र विभिन्‍न समयमा फर्केर आएका कामदारलाई पठाउन सुरु गरिसकेको छ। पहिलो चरणमा कोरियामा काम गरि फर्केका कामदारहरुको परीक्षा लिइने र क्रमश नयाँ भाषा परीक्षा पनि हुने इपिएस शाखाको भनाइ रहेको छ।

रोष्ट्ररमा नाम भएका कामदारहरुलाई कोरिया पठाईसकेपछि नयाँ कामदारहरुका लागि भाषा परीक्षा लिइने इपिएस शाखाको भनाई रहेको छ। सम्भवत आउँदो चैत या बैशाखमा नयाँ भाषा परिक्षा हुन सक्ने श्रोतको दाबी छ।

गत कार्तिक महिना यता प्रतिबध्द कामदार र नयाँ कामदारसहित १ सय ५० जना कोरिया पुगिसकेका छन। कोरियाले सन २००७ बाट बैधानिक रुपमा भाषा परीक्षा सन्चालन गरी नेपालबाट कोरिया कामदार लान थालेको थियो। त्यस यता श्रम स्विकृती लिइ नेपालबाट ६५ हजार कामदार कोरिया पुगिसकेका छन।

ईपिएस साथीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *