कोरियाको स्कूले छात्रालाई ब’लात्कार गर्ने नेपाली तथा बंगाली विधार्थीको अनुहार सार्वजनिक गर्न माग

कोरिया समाचार

सिओल

दक्षिण कोरियन स्कूले किशोरी लाई बला’त्कार गर्ने नेपाली तथा बंगलादेशी बिद्यार्थीहरुलाई सार्वजनिक गर्न कोरियाली जनताले माग गरेका छन् ।

निम्नमाध्यमिक तहमा अध्ययनरत नाबालिक किशोरीलाई प्रलोभनमा पारेर नेपाली र बंगलादेशी विधार्थीहरूले यौ’न शो’षण गर्दै आएको घटनामा सार्वजनिक भएपछि गत मंगलबार ख्याङ्दोङ प्रहरीले ६९ जनालाई पक्रा’उ गरेको थियो।

अ’पराधी लाई कडा कारबाही गर्न ‘पब्लिक पेटिसन’ दायर गर्दै उनीहरुले राप्ट्रपति मुन जे ईन समक्ष यस्तो माग राखेका हुन ।कोरियाली प्रेसिडेन्सियल वेभसाईट छङ्वादेमा अ’पराधीलाई कडा कारबा’ही सहित अनुहार सार्वजनिक गर्न हस्ताक्षर अभियान चलेको छ।

ब’लात्कृत किशोरीलाई गत डिसेम्बरयता पटक पटक गरेर सय पल्टसम्म ब’लात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

नेपाली र बंगाली विधार्थीको पहिचान खोल्न र कडा कार्यवाहीको माग गर्दै राष्ट्रपतिसमक्ष दायर गरिएको ‘पब्लिक पेटिसन’ मा १६ हजारभन्दा बढीको हस्ताक्षर भइसकेको स्थानीय संचार माध्यमले जनाएका छन् ।

दक्षिण कोरियामा २ लाखभन्दा बढी जनताले कुनै विषयको जानकारी माग्न राष्ट्रपतिसमक्ष निवेदन दर्ता गरेको खण्डमा राष्ट्रपति कार्यालयले सर्वसाधारणलाई सूचना उपलब्ध गराउनु पर्ने नियम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *