समाजसेवी नबराज सिवाकोटी कोरियाको मानार्थ नागरिकता द्वारा सम्मानित

कोरिया समाचार

सिओल

समाजसेवी तथा व्यवसायी नवराज शिवाकोटी दक्षिण कोरियाको मानार्थ नागरिकताबाट सम्मानित भएका छन् । जनसम्पर्क समितिका पूर्व सभापति तथा नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहेका शिवाकोटीलाई सोल महानगरपालिकाले मानार्थ नागरिकता प्रदान गरेको हो ।

एक भव्य समारोहको आयोजना गरी महानगरले शिवाकोटीलाई सम्मान गरेको हो । उनलाई सोल महानगरको विभिन्न सामाजिक काम तथा सांस्कृतिक गतिविधि, नेपाल र कोरियाबीचको सम्बन्धमा योगदान दिएको भन्दै सम्मान गरेको हो ।

उनी एनआरएन कोरियालगायत कोरिया नेपालका दर्जनभन्दा बढी संघ संस्थामा सल्लाहकार लगायतका भूमिकामार्फत कोरिया र नेपाली समाजको सामाजिक गतिविधिमा सक्रिय छन् ।

यो वर्ष ८ मुलुकका ९ जनाले सोल महानगरको महानार्थ नागरिकको सम्मान पाएका छन् ।

आगामी हप्ता देखी लागु गर्नेगरी कोरियाले गर्यो यस्ता निर्णयहरु !

दक्षिण कोरियाले गत महिना देखी सुरु गरेको ‘कोभिड संगै बाँचौँ’योजना लाई उल्ट्याउदै आउदो हप्तादेखी सामाजिक दुरीको नियमलाई थप कडाई गर्ने भएको छ।

आउदो हप्ता देखी लागु गर्नेगरी राजधानी सिओलमा ६ जना र राजधानी बाहिर ८ जना भन्दा भेला हुन नपाईने नियम लागु हुने भएको कोरियाली प्रधानमन्त्री किम बु क्युम ले केन्द्रिय प्रकोप तथा सुरक्षा मुख्यालयको एक मिटिङ्मा घोषणा गरेका छन।

दक्षिण अफ्रिकी मुलुकबाट तिव्र गतिमा फैलिएको कोभिड १९ भेरियन्ट ओमिक्रोन फैलने डरका कारण दक्षिण कोरिया सरकारले सामाजिक दुरीको नियमलाई थप कडाई गर्ने भएको हो।

यसअघि राजधानी मा १० जना र बाहिर १२ जना भेला हुन पाउने निर्णयलाई खुम्च्याउदै क्रमश ६ जना र ८ जना मा सिमित गर्न लागेको हो।

आउदो हप्ता देखी सार्वजनिक सेवा,रेस्टुरेन्ट तथा क्याफे,नोरेबाङ,साउना,जिम हाउस,बार,नाईटक्लब,हर्स रेसिङ,ट्र्याक साईक्लिङ कोर्स र क्यासिनो हरुमा प्रवेश गर्नको लागी भ्याक्सिन पुरा गरेको प्रमाण अथवा पिसिआर नेगेटिभ प्रमाण अनिवार्य गर्ने भएको छ।

दक्षिण कोरियाले आउदो शुक्रबार देखी यो बर्षको अन्त्य सम्मको ४ हप्ताको समयलाई भाईरस परिक्षण को महत्वपुर्ण समय भनेको छ।

दक्षिण कोरियामा कोरोना सुरु भएयताकै उच्च सङ्क्रमण हरु फेला परेका छन।साथै गम्भिर बिरामीहरुको सङ्ख्या दैनिक सर्वाधिक बढदै गएपछी अस्पतालमा आईसियु बेडको अभाव हुन थालेको छ।

कोरियामा दक्षिण अफ्रिकी भेरियन्ट बिहिबार सम्म ६ जना मा पुस्टी भएसंगै यसको फैलावट हुन नदिन कोरिया सरकारले अवको ४ हप्तासम्म सामाजिक दुरीको नियमलाई थप कडाईका साथ लागु गर्ने भएको हो।

कोरियाली प्रधानमन्त्रीले सकेसम्म अबको ४ हप्ता घरबाटै काम गर्न आग्रह गरेका छन।बाँकी नियम हरुका बारेमा शुक्रबार हुने प्रेस ब्रिफिङ मा जानाकारी गराईने बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *