कोरियन ले ‘फे नावा फे नावा ‘ भन्दै जिस्काउने गरेको छ? पेट घटाउनको लागी अपनाउनुस यि उपायहरु!

स्वास्थ्य

सिओल

कोरियामा पेट बढेको खासै कसैले मन पराउदैनन,पेट बढ्यो भने कोरियन हरुले जिस्काउने गर्छन।फे नावा (पेट बढ्यो) भन्दै पेटमा देखाएर जिस्काउने यिनिहरुको ख्यालठट्टा भित्रै पर्दछ।

यहाँका अधिकाँश मानिसहरु खानपान व्यायाम मा नियमित रुपमा ध्यान दिने हुनाले यिनिहरु स्वस्थ निरोगी तथा पेट समेट सामान्य हुन्छ।पछिल्लो समय नेपाल बाट रोजगारीमा कोरिया आएका यूवकहरुको पेट बढनेहरुमा कोरियन हरुले जिस्काउनाले त’नाव हुने गरेको बताउछन।

कोरियामा व्यस्त हुने हुनाले जिम, मर्निङ वाक, स्विमिङ, खेलकुद गतिविधिमा सहभागि हुन मिल्दैन भने घर भित्रै बसेर गर्न मिल्ने योग र कसरत पनि एक्लै गर्नुपर्दा कतिलाई झन्झटिलो लाग्छ । दैनिक गर्नुपर्ने शारीरिक अभ्यास लाई नै झंझट मान्नाले पनि धेरै ब्यक्तिहरु थप मोटाउन थालेका छन् शरीरको तौल बढ्दा जो कोहीलाई चिन्ता हुनु स्वभाविक हो ।

अझ महिलाहरुलाई बढी चिन्तित बनाउने गर्छ । महिलाहरुको पेटमा लाग्ने बोसोले उनीहरु लाई बढी तनाव दिने गर्छ । ब्यायाम र योग गर्न पनि नचाहने र शरीरमा बोसोको मात्रा बढ्यो भनेर चिन्तित हुने ब्यक्तिहरुले आफ्नो खानपिन शैलीलाई केही सुधार गरेर सन्तुलित भोजन लिएरपनि शरीरको तौल घटाउन सक्छन् ।

एकपटक पेट बढेपछि त्यसलाई घटाउन निकै गाह्रो हुन्छ । तर यो असम्भव भने होइन ।यसका लागि तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउनुका साथै हल्का व्यायाम पनि गर्नुपर्छ । पेट बढेर हैरान हुनुहन्छ भने,

यी १२ तरिकाले सजिलै घटाउनुहोस्

१.मनतातो पानी पिउनुहोस्ः-दिनभरी कम्तीमा पनि ३ देखि ४ ग्लास मनतातो पानी पिउनुहोस् । यसले तपाईंको पेटको बोसोलाई निकै छिटो पगाल्ने गर्दछ ।

२.बदाम (एल्मोन्ड):-दैनिक ४ देखि ५ वटा बदाम खानुहोस् । यसमा पाइने भिटामिन इ, पोलिस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याटले भोक नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम गर्नमा सहयोग गर्दछ ।

३.सौफ मिसिएको पानीः-एक कप पानीमा एक चम्चा सौफ हालेर त्यसलाई उमालेर नियमित रुपमा पिउनुहोस् । यसले तपाईंको पाचन प्रक्रियालाई सुधार्छ भने तपाईंको पेटको बोसोलाई पनि कम गर्दछ ।

४.दहीः-दैनिक रुपमा एक कचौरा दही खानुहोस् । यसमा पाइने क्याल्सियमले पेटको बोसो बढाउने कार्टिसोल हर्मोनको लेभललाई कन्ट्रोल गरेर पेट घटाउन मद्दत गर्नेछ ।

५.हरियो सागसब्जीः-खानामा पालुङ्गो, मेथी र बन्दाजस्ता हरियो तरकारी समावेश गर्नुहोस् । यसमा प्रचुर मात्रामा फाइबर पाइने भएका कारण पेटको बोसो घटाउनमा सहयोग पुर्याउँछ ।

६.ब्रेकफास्टः-बिहान प्रोटिनयुक्त ब्रेकफास्ट खानुहोस् । यसमा अन्डा, दुध, केरा र फलफुलजस्ता स्वस्थकर खानेकुरा समावेश गर्नुहोस् । यसले दिनमा पटक पटक भोक लाग्ने समस्याबाट छुटकारा दिन्छ ।

७.खाना खाँदा पानी नपिउनुहोस्ः-खाना खाने बेलामा पानी नपिउनुहोस् । यसले खाना ठिक तरिकाले डाइजेस्ट हुन दिँदैन जसका कारण बोसो बढ्न थाल्छ । खाना खाएको १० वा १५ मिनेट पछि मात्र पानी पिउनुहोस् ।

८.एकैपटक नखानुहोस्ः-खाना खाँदा एकैपटक नखानुहोस् । आफ्नो खानालाई २ वा ३ घण्टाको ग्यापमा खानुहोस् । यसले पेटको फ्याट घटाउँछ ।

९.ग्रीन टीः-ग्रीन टीमा पर्याप्त मात्रामा थायनाइन नामक एमिनो एसिड हुन्छ । यो एसिडले भोकलाई नियन्त्रण गर्दछ । यसले पेटको बोसो कम हुन्छ ।

१०.महः-नियमित रुपमा एक ग्लास मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले तपाईंको बोसो निकै छिटो समयमा घटाउन मद्दत गर्दछ ।

११.मर्निङ वकः-नियमित रुपमा २ देखि ३ किलोमिटर मर्निङ वकमा जानुहोस् । यसले क्यालोरी बर्न गर्न सहयोग गर्नेछ र बोसो घटाउनलाई सहयोग गर्दछ ।

१२.सोडा खाने बानीलाई त्याग्नुहोस्ः-कार्बोनेटेड पेय पदार्थले तपाईंको पेट बढाउने भन्दा केही फाइदा पुर्याउँदैन । त्यसकारण आफ्नो यस्तो बानी छ भने आजदेखि नै छोड्नुहोस् । यसको सट्टा पर्याप्त मात्रामा पानी पिउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *