सिओल
दक्षिण कोरियामा कोरोनाको संक्रमण फेरी बढ्न थालेको छ । बिहिबार सात हजार भन्दा बढी संख्यामा संक्रमण भेटिएको कोरियाली समाचार ले जनाएका छन् र गम्भीर अबस्थाका बिरामीको संख्या अहिले सम्मकै उच्च रहेको छ । कोरियामा चिसो बढे सगै कोरोना संक्रमण बढ्न थालेको हो ।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (KDCA) का अनुसार कोरियामा ७,१०२ नयाँ कोरोना संक्रमण पुष्टि भएको छ , एकैदिन सात हजार भन्दा माथि भेटिएपछी कोरियामा कुल संक्रमण संख्या ४,९६,५८४ पुगेको छ ।
कोरियामा कोरोनाको संक्रमण भएका गम्भीर बिरामीको संख्या पनि बढेर हालसम्मकै उच्च भएको छ।८५७ जना बिरामी गम्भीर छन् जुन अघिल्लो दिन ८४० गम्भीर बिरामी संख्या भन्दा धेरै हो ।
कोरोनाको संक्रमण बढे सगै मृत्युदर पनि बढेको छ कोरियामा बिहिबार थप ५७ जना को मृत्यु भएको जनाइएको छ यो सगै कोरियामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ४०७७ पुगेको छ। रोकथामको लागि फेरी समारोह तथा पार्टीमा अनिबार्य भ्याक्सिन पास तथा सामाजिक दुरी माक्स लगायत मा कडाइ सुरु भएको छ ।
भिषा सकिन लागेका हरुलाई कोरियामा खुशीको खबर
दक्षिण कोरियामा काम गरिरहेका इपिएस कामदारहरुका लागि खुशीको खबर आएको छ। कोरियामा काम गरिरहेका र भिजा अवधि सकिन लागेकाहरुको भिजा पुन १ बर्ष थप हुने भएको छ। कोरियाको श्रमिक युनियन र त्यहाँको रोजगारदाता संगठनसँगको श्रम मन्त्रालयमा भएको बैठकले आउँदो जनवरी १ तारिखदेखि अप्रिल १२ तारिखसम्म मा ३ बर्ष अथवा ४ बर्ष १० महिनाको भिजा अवधि समाप्त हुने इपिएस कामदारहरुका लागि पुन १ बर्ष भिजा थपिदिने निर्णय भएको छ।
तर अब थप हुनेमा यस भन्दा अघि १ बर्ष थप भिजा पाएकाहरु भने समावेश हुने छैनन। यसअघि पनि दक्षिण कोरियाले कामदार अ’भावको स’मस्या समा’धान गर्न भन्दै भिजा अबधि सकिन लागेका इपिएस कामदारहरुको भिजा अवधि १ बर्ष थपेको थियो। त्यसैगरी अप्रिल १२ तारिखभन्दा पछाडी भिजा अवधि सकिने इपिएस कामदारहरुको लागि भने त्यस बेलाको को’रो’नाको स्थिति र कामदारको आवश्यकताको अध्यन गरि निर्णय गरिने जानकारी दिइएको छ।
केहि दिन अघि दक्षिण कोरियाका केहि समाचार अनलाईन मेडियाहरुले कामदारहरुो भिजा अवधि थप हुने बारेमा समाचार लेखेसँगै यहाँ रहेका इपिएस कामदारहरु खुशी भएका थिए। उनिहरुले थप १ बर्ष कोरियामा काम गर्न पाउने भन्दै खुशी मनाएका थिए। कोरियामा आउँदो जनवरी १२ तारिख भिजा अबधि सकिन लागेका बागलुङका अमर गुरुङले कोरियाली सरकारले गरेको यो निर्णयको स्वागत गर्दै यसले आफूलाई एकदमै खुशी भएको बताए।
कोरियामा भिजा अवधि सकिन लागेकाहरुको भिजा १ बर्ष थप हुने भएपछि नेपालमा इपिएस भाषा परीक्षा पास गरि कोरिया प्रस्थान गर्ने पालो कुरेर बसेका तथा नयाँ भाषा परीक्षाको लागि कुरेकाहरु भने दुखी भएका छन। कोरियामाै भएका कामदारहरुको भिजा अवधि थप हुँदा कोरियाले कामदार लैजाने प्रकृयामा ढिलाइ गर्ला वा नयाँ भाषा परीक्षा ढिलो पो गर्ने हो कि भन्ने उनिहरुको बुझाइ रहेको छ।
तर कोरियाले त्यहाँ रहेका भिजा अवधि सकिन लागेका कामदारहरुको भिजा १ बर्ष थप गरेतापनि इपिएस भाषा परीक्षा पास गरि कोरिया प्रवेशको पर्खाइमा रहेका कामदारहरुको प्रकृयामा कुनै ढिलाई नगर्ने बताएको छ। भाषा पास गरी आवश्यक प्रकृया पुरा गरेका कामदारहरुलाई यथासक्य छिटो कोरिया लान दक्षिण कोरिया तयार रहेको बताइएको छ। अहिले कोरियामा कामदार पठाउने १६ वटै देशका इपिएस कामदारहरु कोरिया प्रवेशको पर्खाइमा लामो समयदेखि रहेका छन।