सिओल
दक्षिण कोरियामा आज मंगलबार कोरियाको समय अनुसार साँझ ५ बजेर १९ मिनेटमा दक्षिणी टापु जेजुमा ४.९ म्याग्नीच्युडको भूकम्प गएको छ।जेजु टापु केन्द्रबिन्दु भएर भुकम्प गए पनि अहिलेसम्म कुनै क्षति नभएको राज्यको मौसम विभागले जनाएको छ ।
केएमएले सुरुमा मापन ५.३ म्याग्निच्युड भएको घोषणा गरे पनि पछि त्यसलाई ४.९ म्याग्निच्युडमा समायोजन गरेको थियो ।
कोरियाको मौसम विज्ञान प्रशासन (KMA) का अनुसार टापुको दक्षिणपश्चिमी सहर सेओग्विपोबाट करिब ३२ किलोमिटर टाढा केन्द्रबिन्दु भएर भुकम्प गएको बताइएको छ।कोरियाको मौसम बिज्ञान प्रशासनले बताए अनुसार त्यस क्षेत्रमा बसोवास गर्दै आएका बासिन्दाहरूले भुकम्पको कडा कम्पन महशुस गरेको हुनपर्छ।
कमजोर माटो भएका क्षेत्रमा क्षति भएको हुन सक्ने कोरियाको मौसम बिभागले जनाएको छ। उक्त क्षेत्रमा के कति क्षति भएको छ एजेन्सीले पुष्टि गर्ने प्रयास जारी राखिएको छ।
भूकम्पको केन्द्र ३३.१४ डिग्री उत्तर अक्षांश र १२६.२४ पूर्वी देशान्तर १७ किलोमिटर गहिराइमा थियो।
गत हप्ता डिसेम्बर ४ तारिख का दिन पनि दक्षिण कोरियाको अन्तर-कोरियाली पश्चिमी सिमाना नजिक रहेको बाएनग्नेयोङ नामक टापुको १६ किलोमिटर उत्तरपश्चिममा २.३ म्याग्नीच्युडको भूकम्प गएको थियो कुनै पनि क्षति भएको थिएन ।