दक्षिण कोरियामा १२ बर्षिय छात्रालाई यौ’न सम्पर्कका लागी १० घन्टा थुनेर राख्ने दुई यूवकहरु पक्रा’उ !

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरियामा एक प्राथमिक विद्यालयकी छात्रालाई यौ’न सम्पर्कका लागि १० घण्टाभन्दा बढी समयसम्म तालाबन्दीमा राखेको अभियोगमा दुई पुरुषलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

दुई अपरिचित अन्दाजी २० बर्षिय पुरुषहरूले मङ्गलबार बिहान ९:३० बजेदेखि १० घण्टा सम्म मध्य सियोल को शिनदाङ- दोङमा रहेको आवासीय “अफिसटेल” भवनमा १२ वर्षीय बालीका लाई यौ’न सम्पर्क का लागी थुनेर राखेको अवस्थामा पिडितकी आमाले प्रहरीमा उनी हराएको उजुरी दिएपछि प्रहरीले फेला परेको हो ।

प्रहरीको प्रारम्भिक अनुमान का अनुसार बालिकालाई थुनेर राखेको समयमा उनिहरुले यौ’न सम्पर्क गरेको देखिएको छ। यधपी आरोपित यूवकहरुले ६ महिना अगाडीदेखी उनीसंग सामाजिक सन्जाल मार्फत चिनेको र त्यहा उनलाई यौ’न सम्पर्क नगरेको बयान दिएका छन।

प्रहरी अधिकारीहरूले मुद्दाको थप अनुसन्धान गर्ने र आरोपितहरुलाई थप हिरासतमा राख्न वारेन्ट फाइल गर्ने कि नगर्ने भनेर समीक्षा गर्ने योजना बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *