सिओल
लामै समयको पर्खाइपछि केहि समय यता नेपालबाट दक्षिण कोरिया इपिएस कामदार जान थालेका छन। पाँच बर्ष दक्षिण कोरिया बैधानिक रुपमा काम गरि फर्केका प्रतिबध्द कामदार र नयाँ भाषा परीक्षा पास गरेकाहरु अहिले धमाधम कोरिया जाँदैछन। विगतका केहि दिनमा थुप्रै नेपाली कामदारहरु कोरिया प्रवेश गरिसकेका छन भने अझै पनि कैयौं कामदारहरु कोरिया प्रवेशका लागि प्रतिक्षारत रहेका छन।
को’रोनाका कारण लामो समय प्रकृया रोकिय तापनि केहि समय अघिबाट कोरियाले विदेशी कामदार क्रमश भित्राउन थालेसँगै नेपाली कामदारहरु पनि कोरिया प्रवेश गर्न थालेका हुन। यसै क्रममा आज नेपाल देखी दक्षिण कोरियाको लागि ८९ जना नियमित र ४९ जना कमिटेड गरी कुल १ सय ३८ जना इपिएस कामदार साथीहरुले उडान भर्दै हुनुहुन्छ।
आज बेलुका ७ बजेर ४५ मिनेटको समयमा कोरियन एयरलाइन्सको केइ ६९६ उडान मार्फत उनिहरु दक्षिण कोरियाका लागि प्रस्थान गर्नेछन। को’रोना सं’क्रम’णको जो’खिम भएका कारण सबै कामदार साथीहरु अधिकतम सामाजिक दुरि अपनाएर र स्वास्थ्य सतर्कता सहित कोरिया प्रस्थान गर्नुपर्नेछ।
बिमानस्थल पुगेपछि अनाबश्यक हेलचक्राइ नगर्न इपिएस कोरिया शाखाले सबै कामदारहरुलाई अनुरोध गरेको छ। यस पछिको आगामी उडान जनबरी ३ तारिखमा हुनेछ। उक्त उडानमा भने अहिले उडिरहेको भन्दा केही बढी नै कामदार साथीहरु उड्ने जानकारी कोरियाली पक्षले नेपाल पक्षलाई दिएको बताइएको छ। नेपालको तर्फबाट भने जनबरी महिनाभरी तोकिएको कोरियन एअरलाइन्सको ४ वटा उडान भन्दा बढी नै उडान गराउने गरि तयारी चलिरहेको जानकारी प्राप्त भएको छ।
यसका लागि स्वयम श्रम मन्त्री ज्युले नै कोरियन पक्षसँग छलफल चलाउनुभएको छ। सम्बन्धित निकायमा बुझ्दा यही डिसेम्बर अन्तिम तिर थप सीसीभिआइ फर्म भर्ने कामदारहरुको नामावली आउन सक्ने बुझिएको छ। लामो समयको पर्खाईपछि आफ्नो भविष्य उज्जल पार्ने सपना सहित आज दक्षिण कोरिया प्रवेश गर्नुहुने सम्पूर्ण इपिएस कामदार साथीहरुलाई उज्वल भविष्य तथा सुखद उडानका लागि शुभकामना।Eps sathi