कोरियामा विदेशी कामदारको सङ्ख्या बढन थाल्यो!

कोरिया समाचार

सिओल

दक्षिण कोरियामा गत २ बर्षदेखि लगातार रुपमा घटिरहेको विदेशी कामदारहरुको संख्या यो बर्ष भने बढ्न थालेको तथ्याङ्कले देखाएको छ। मंगलबार प्रकाशित तथ्याङ्क अनुसार केहि समयदेखि कोरियाको रोजगारी बजारले पुन रिकभर हुने संकेत देखाएसँगै श्रम बजारमा सुधारको संकेत देखिएको हो।

कोरियाली श्रम तथा न्याय मन्त्रालयका अनुसार मे महिनासम्ममा यहाँ ८ लाख ५५ हजार विदेशी कामदार रहेका छन जुन संख्या गत बर्षको यसै अवधिको तुलनामा ०.९ प्रतिशतले धेरै अर्थात संख्यामा ७ हजारले धेरै हो। सन २०२० मा कोरियामा विदेशी कामदारहरुको संख्या लगातार रुपमा दोश्रो बर्ष पनि घटेको थियो। को’रोनाका कारण व्यापार तथा व्यवसायमा परेको नका’रात्मक अ’सरका कारण कामदार घटेको अनुमान गरिएको थियो।

तथ्याङ्क प्रकाशित गर्ने संस्थाका अनुसार कोरियाको श्रम बजारमा सुधार आइ कामदारको माग बढ्न थालेसँगै यहाँ आउने विदेशी कामदारहरुको संख्या बढ्न थालेको हो। नोभेम्बर महिनामा लगातार रुपमा ९ महिनासम्म कोरियामा रोजगारी थप हुँदै गएको थियो। कोरियाको अर्थतन्त्रले रिकभरी गर्दै गति लिन थालेकाले श्रम बजारमा रोजगारीका अवसरहरु थप हुँदै गएको बुझिएको छ।

सेक्टर अनुसार तुलना गर्ने हो भने कोरियामा सबैभन्दा धेरै निर्माण क्षेत्रमा १७ हजार विदेशी कामदार गत बर्षको तुलनामा थप भएका छन। त्यसपछि भने कृषि तथा माछापालन क्षेत्रमा ४ हजार १ सयको संख्यामा विदेशी कामदार थपिएको देखिएको छ। गत बर्षको तुलनामा अस्थाई कामदार अर्थात दैनिक ज्यालदारीमा काम गर्ने कामदारहरु २७ हजारको संख्याले बढेको पाइएको छ। यस्तो कामदारहरुको संख्या सन २०२० मा कोरोनाका कारण ४१ हजारले घटेको थियो।

कोरियामा रहेका विदेशीहरुको संख्याको कुल ६४.२ प्रतिशत रोजगार भएको तथ्याङ्कले देखाएको छ जुन संख्या गत बर्षको तुलनामा ०.५ प्रतिशतले बढि हो। कोरियामा बेरोजगार विदेशीहरुको संख्या ५४ हजारमा झरेको छ जुन संख्या गत बर्षको तुलनामा २१.९ प्रतिशतले कम हो। गत बर्षभन्दा यस बर्ष १५ हजार कम वेरोजगार भएको देखिएको छ। मे महिनासम्ममा कोरियामा तलबी विदेशी कामदारहरुको संख्या ८ लाख ११ हजार रहेको देखिएको छ जुन गत बर्षको तुलनामा ०.९ प्रतिशतले धेरै हो।ईपिएस साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *