भ्रस्टाचार अभियोगमा २२ बर्ष जेल सजाय तोकिएकी दक्षिण कोरियाली पुर्व रास्ट्रपति पार्क लाई आम माफी !

कोरिया समाचार

सिओल

दक्षिण कोरियाली सरकारले भ्रस्टाचार अभियोगमा जेल जिवन व्यतित गरिरहेकी कोरियाली पुर्व रास्ट्रपति पार्क गुन्हे लाई आम माफी दिने घोषणा गरेको छ।

कोरिया सरकारले शुक्रबार एक सुचना जारी गर्दै उनलाई आम माफी दिने घोषणा गरेको हो। पार्क दक्षिण कोरियाकी ११ औं राष्ट्रपति हुन जसलाई भ्रष्टाचारको अभियोग प्रमाणित भएसँगै २२ बर्षको जेल सजाय तोकिएको थियो। तर वर्तमान मुन जे ईन सरकारले उनलाई आम माफी दिने निर्णय गरेको कोरियाली सन्चार माध्यमले जनाएका छन।

शुक्रबार मुन जे इन सरकारले नयाँ बर्षको अवसर पार्दै नयाँ वर्षको अघिल्लो दिन आम माफी दिन तयार पारिएको ३ हजार ९४ जनाको नामलिष्टमा उनलाई पनि समावेश गरेका हुन। उनको स्वास्थ अवस्थाको ख्याल गरी यस्तो निर्णय गरिएको वताइएको छ।

आम माफी पाएसँगै पार्क उपचार गराइरहेको दक्षिणी सउलस्थित सामसङ मेडिकल सेन्टर बाट रिहा हुनेछिन। उनि अहिले त्यहि अस्पतालमा उपचार गराइरहेकी छिन।

उनको रिहाइले सत्तामा रहेको मुन जे इन सरकारको पार्टिलाई आउँदो मार्चमा हुने राष्ट्रपतिय निर्वाचनमा ठूलो बल पुग्ने बताइएको छ। प्रमुख प्रतिपक्षी पार्टी पिपल पावर पार्टीको पकड क्षेत्र मानिने थेगु र उत्तरी ख्यङसाङ प्रदेशको भोट तान्नका लागि मुन जे इन सरकारले यस्तो चलाखीपुर्ण व्यवहार गरेको बुझिएको छ।

सरकारले यस्तो आम माफीको निर्णय गर्नुको कारण कोभिडले अ’स्तब्य’स्त भएको समाजमा राष्ट्रिय एकताको भावना थप मजबुत बनाउन गरिएको भनेको छ। सरकारले गरेको पत्रकार सम्मेलनमा न्याय मन्त्री पार्क बम खे ले भनेका छन पूर्व राष्ट्रपति पार्क गुन हे लाई आम माफी दिने कुरा यस सँग सम्बन्धित कमिटीमा २ दिन सम्म छलफल गरी निर्णय लिइएको हो। उनको स्वास्थ अवस्था नै यो निर्णय लिनुमा पहिलो कारण भएको समेत उनले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *