कोरियामा रहेका यूवक मायालुको ‘यादमा’ डुवेपछी …

कोरिया समाचार

सिओल

रोजगारीको शिलशिलामा कोरियामा रहेका यूवाहरु द्वारा निर्मित प्रेमिल कथावस्तु समेटेर तयार पारिएको म्युजिक भिडियो ‘यादमा’ सार्वजनिक भएको छ।

दक्षिण कोरियाका रमणिय स्थानहरुमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियो को लय,शब्द र आवाज नविन विश्वकर्माको रहेको छ।ईजोक मगरको क्यामेरा तथा निर्देशनले भिडियोलाई थप सुन्दरता थपेको छ।

नविन विश्वकर्मा नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियो को अभिनय लामो समयदेखी बिभिन्न म्युजिक भिडियो हरुमा समेत कुशलतापुर्वक अभिनय सम्पन्न गरेका मोडल प्रिन्स राजपुत चौहान,प्रमिला कार्की र नविन विश्वकर्माको अभिनय रहेको छ।

कोरियाको व्यस्त समयको बावजुत पनि थोरै समय निकालेर आफ्नो रहरको क्षेत्र मोडलिङ मा समेत समय निकाल्ने मोडल प्रिन्स चौहानले आफु ‘यादमा’नामक म्युजिक भिडियोमा खेल्न पाएको मा खुशी ब्यक्त गरेका थिय।

यादमा म्युजिक भिडियो बिशेषगरी एकतर्फी प्रेमको कथावस्तु लाई टिपेर कलात्मक ढंगले प्रस्तुत गरिएको कारण भिडियो हेर्न लाएकको बनेको चौहानले बताए।

पछिल्लो यूवा पुस्ताहरुको प्रतिनिधि कथावस्तु लाई शब्दमा टिपेर लयात्मक ढंगले प्रस्तुत गरेकोले दर्शक श्रोताहरुले मन पराईदिने कुरामा ढुक्क रहेको सर्जक नविन विश्वकर्माले कोरियापाटी लाई बताए।

पुरा भिडियो हेर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *