सिओल
दक्षिण कोरियाको औषधि सुरक्षा एजेन्सीले सोमबार अमेरिकी औषधि कम्पनी फाइजर इंकको कोभिड-१९ को उपचारका लागि चक्की औषधिको आपतकालीन प्राधिकरणलाई अनुमोदन गरेको छ ।
यो सँगै दक्षिण कोरियामा अब फाइजर इन्क चक्कीको प्रयोगमा अनुमती दिइने अधिकारीहरुले बताएका छन । फाईजर र खाद्य तथा औषधि सुरक्षा मन्त्रालयका अनुसार अस्पतालमा भर्ना हुने वा मृत्यु हुने जोखिममा रहेका बिरामीहरूमा हल्का देखि मध्यम खालका COVID-19 को बिरामीको उपचारको लागि प्याक्सलोभिड एन्टिभाइरल चक्की हो।
प्याक्सलोभिडले गम्भीर रोगको उच्च जोखिममा बिरामीहरूमा अस्पताल भर्ना वा मृत्युको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्छ।यो चक्की १२ वर्ष वा माथिका वयस्क र बाल रोगीहरूमा प्रयोग गर्नका लागि तोकिएको छ । जुन गम्भीर अवस्थाहरूमा बढ्ने उच्च जोखिमको कोभीडलाई रोक्न प्रयोग हुनेछ ।
भ्रस्टाचार अभियोगमा २२ बर्ष जेल सजाय तोकिएकी दक्षिण कोरियाली पुर्व रास्ट्रपति पार्क लाई आम माफी !
दक्षिण कोरियाली सरकारले भ्रस्टाचार अभियोगमा जेल जिवन व्यतित गरिरहेकी कोरियाली पुर्व रास्ट्रपति पार्क गुन्हे लाई आम माफी दिने घोषणा गरेको छ।
कोरिया सरकारले शुक्रबार एक सुचना जारी गर्दै उनलाई आम माफी दिने घोषणा गरेको हो। पार्क दक्षिण कोरियाकी ११ औं राष्ट्रपति हुन जसलाई भ्रष्टाचारको अभियोग प्रमाणित भएसँगै २२ बर्षको जेल सजाय तोकिएको थियो। तर वर्तमान मुन जे ईन सरकारले उनलाई आम माफी दिने निर्णय गरेको कोरियाली सन्चार माध्यमले जनाएका छन।
शुक्रबार मुन जे इन सरकारले नयाँ बर्षको अवसर पार्दै नयाँ वर्षको अघिल्लो दिन आम माफी दिन तयार पारिएको ३ हजार ९४ जनाको नामलिष्टमा उनलाई पनि समावेश गरेका हुन। उनको स्वास्थ अवस्थाको ख्याल गरी यस्तो निर्णय गरिएको वताइएको छ।
आम माफी पाएसँगै पार्क उपचार गराइरहेको दक्षिणी सउलस्थित सामसङ मेडिकल सेन्टर बाट रिहा हुनेछिन। उनि अहिले त्यहि अस्पतालमा उपचार गराइरहेकी छिन।
उनको रिहाइले सत्तामा रहेको मुन जे इन सरकारको पार्टिलाई आउँदो मार्चमा हुने राष्ट्रपतिय निर्वाचनमा ठूलो बल पुग्ने बताइएको छ। प्रमुख प्रतिपक्षी पार्टी पिपल पावर पार्टीको पकड क्षेत्र मानिने थेगु र उत्तरी ख्यङसाङ प्रदेशको भोट तान्नका लागि मुन जे इन सरकारले यस्तो चलाखीपुर्ण व्यवहार गरेको बुझिएको छ।
सरकारले यस्तो आम माफीको निर्णय गर्नुको कारण कोभिडले अ’स्तब्य’स्त भएको समाजमा राष्ट्रिय एकताको भावना थप मजबुत बनाउन गरिएको भनेको छ। सरकारले गरेको पत्रकार सम्मेलनमा न्याय मन्त्री पार्क बम खे ले भनेका छन पूर्व राष्ट्रपति पार्क गुन हे लाई आम माफी दिने कुरा यस सँग सम्बन्धित कमिटीमा २ दिन सम्म छलफल गरी निर्णय लिइएको हो। उनको स्वास्थ अवस्था नै यो निर्णय लिनुमा पहिलो कारण भएको समेत उनले बताएका छन।