सिओल
लामो समय वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा काम गरेर फर्किएका स्याङ्गजाका एक यूवकको सडक दृ’घटनामा ज्यान गएको छ।
आइतबार बेलुका पाल्पामा भएको सडक दृ’घटनामा परि उनको मृ’त्यु भएको हो। सडक दृ’घटनामा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ छापडाँडा स्थायी घर भइ हाल तिलोत्तमा नगरपालिका वडा नम्बर ३ बनकटीमा बस्दै आएका मोटर साइकल चालक टीका रानाले ज्या’न गुमाएका छ्न।
आइतबार बेलुका करिब ६:४५को समयमा तिनाउ गाउँपालिका वडा नम्बर ३ अर्घाछापमा बुटवल तर्फ जादै गरेको लु ४९ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको ग १ ख ४२६१ नम्बर बसले पछाडीबाट ठक्कर दिदा दुर्घ’टना हुन पुगेको हो।
दृ’घटनामा परि घाइ’ते भएका रानामगरलाई लुम्विनि प्रदेश प्रादेशिक अस्पताल बुटवल पुऱ्याउदा अस्पतालले मृ’त घोषणा गरेको हो ।
बस चालक स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ३ का तिर्थराज उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घ’टनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको पाल्पाप्रहरीले जनाएको छ।
दुर्घ’टनामा ज्या’न गुमाएका टिका ३७ वर्षका मात्र थिए।
लामो समय वैदेशिक रोजगारका शिलशिलामा दक्षिण कोरियामा रहेर लोक तथा दोहोरी गित प्रतिस्ठान दक्षिण कोरिया ,मगर संघ दक्षिण कोरिया लगायत अन्य संघसंस्थामा लागेर सामाजिक काममा अत्यन्तै सक्रियरहेका राना स्थानिय यूवा पुस्तामाझ निकै लोकप्रिय थिए। रानाको अकल्पनिय मृ’त्यका कारण कालिगण्डकी गाउपालिका वडा नं १, २ र ३ शोकमग्न भएको छ। मृत’क रानाका श्रीमती, एक छोरी र एक छोरा छ्न।