सिओल
दक्षिण कोरियाली सरकारले सन् २०२२ मा १६ देश बाट ५९ हजार विदेशी कामदार भित्र्याउने भएको छ । काेरिया सरकारले विभिन्न क्षेत्रमा उक्त कामदार संख्या भित्र्याउन लागेको हाे ।
उत्पादन मुलक क्षेत्रमा ४५ हजार पाँच सय, कृषि क्षेत्रमा ८ हजार, माछापालनमा ४ हजार, निमार्णमा २४०० र सेवा क्षेत्रमा १०० जना कामदार लैजाने तयारी भएको दक्षिण काेरियाली श्रम मन्त्रालयले मंगलबार आधिकारिक सुचना जारी गर्दै जानकारी दिएको हो ।
यता, सन् २०२२ को लागि नयाँ कामदार पठाउनका लागि चैत-वैशाखसम्म भाषा परीक्षा गर्न लागिएको ईपिएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिएका छन् ।
दक्षिण कोरियामा जनवरी १ देखी नयाँ भिषा निति लागु हुँदै !हजारौँ लाभान्वित हुनसक्ने !
दक्षिण कोरियाली न्याय मन्त्रालय ,कृषि, खाद्य र ग्रामीण मामिला मन्त्रालयले कृषी,पशुपालन तथा मत्स्यपालन क्षेत्रहरूमा जनशक्ति अभावलाई कम गर्न मौसमी कामका लागि विदेशी कामदार भर्ना गर्न नियमहरू थप सहज बनाउन नयाँ उपायहरूको घोषणा गरेको छ।
कोभिड महामारी, बढदो बृद्द जनसङ्ख्या,कोरियाली यूवाहरुको कृषी तथा पशुपालनमा काम गर्ने अनिच्छाका कारण श्रमिक अभाव भएपछी दक्षिण कोरियाली न्याय मन्त्रालयले २०१७ देखी कृषी क्षेत्रमा बाली भित्राउने सिजनका लागी छोटो अबधीका लागी मौषमी कामदारको रुपमा विदेशी कामदारलाई मौषमी भिषा C-4 दिने निर्णय गरेको थियो।
कोरिया सरकारले कोभिडका कारण विदेशी श्रमिकहरु भित्राउन असहज भएपछी अस्थायी रुपमा यो बर्षको फेब्रुअरी देखी कोरियामा परिवार भेटन आएका विदेशी श्रमिकका परिवार जो कोभिड का कारण स्वदेश फर्कन असमर्थ थिय उनिहरुलाई अस्थायी मौषमी भिषा दिई श्रमिक परिपुर्ति गरेको थियो।जसमध्ये १४७० जनाले C-4 मौषमी भिषाको फाईदा उठाई काम गरेका थिय।
सरकारले यो अस्थायी निति २०२२ को मार्च महिना सम्म लागु गर्ने बताएपनी कोभिडका कारण कृषी क्षेत्रमा भएको श्रमिक हाहाकार का कारण यसलाई स्थायी नितिका रुपमा लागु गर्ने निर्णय गरेको छ।
आउदो जनवरी १ देखि, मौसमी काम गर्न सक्नेहरू जस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरू, ( D-1 )कला र संस्कृति क्षेत्र भिसा भएकाहरू, D-10 भिसामा रोजगारीको अवसर खोज्नेहरूलाई मौषमी भिषा C-4 भिषामा काम गर्न अनुमति दिईनेछ। H-2 भिसा भएका कोरियाली चाईनिजहरु, जसको अधिकतम कार्य अवधि १० महिना समाप्त भएको छ, तर जो पूर्णकालीन काम नपाउने सहमति गरेर यहाँ बसेका छन्, उनीहरूलाई पनि मौसमी कामदार बन्न अनुमति दिइनेछ।
साथै, अफगानिस्तानी जो कोरिया प्रवेश गरे र अफगानिस्तानमा कोरियाली सरकारलाई मद्दत गर्ने हरूको लागि “विशेष योगदानकर्ता” को स्थिति प्रदान गरेर आफ्नो मातृभूमिमा तालिवान शासनबाट उम्कन अगस्टमा कोरिया आएका अफगान विस्थापितहरूलाई कृषि र माछापालन क्षेत्रमा मौसमी कामदारको रूपमा काम गर्न अनुमति दिइने दक्षिण कोरियाली सरकारले मंगलबार बताएको छ।
६० दिनभन्दा बढी मौसमी काम गर्ने विदेशी विद्यार्थीहरूले समेत D-10 काम खोज्ने भिसाका लागि आफ्नो आवेदनमा थप अंकहरू प्राप्त गर्नेछन्।
सरकारले खेती र माछा मार्ने क्षेत्रमा दक्ष कामदारहरूलाई दिनको लागि नयाँ E-7-5 भिसा सिर्जना गरी पाँच वर्षसम्म काम गर्ने अनुमति दिने जनाएको छ।अहिले कोरियामा E-8 मौसमी भिसा धारकहरूलाई नयाँ E-7-5 भिषा सिर्जना गरी थप पाँच बर्षसम्म काम गर्ने अनुमति दिने जनाएको छ। E-7-5 भिसा प्राप्त गर्न निश्चित सर्तहरू पूरा गर्नुपर्ने भएको छ, जस्तै आम्दानीको निश्चित स्तर देखाउनु पर्ने, र ग्रामीण क्षेत्रहरूमा खेती र माछा मार्ने गाउँहरूमा बस्न चाहना गर्ने हरुले उक्त भिषा प्राप्त गर्नेछन।