सिओल
नेपाली श्रमिक दक्षिण काेरिया लैजाने प्रक्रिया तिव्र गतिमा अगाडि बढिरहेको छ । यसको लागि उडान हुनुपूर्व भर्नुपर्ने कामदारहरुका लागी CCVI भर्ने सम्बन्धि नयाँ लिस्ट सार्वजनिक भएको छ ।
चार सय २५ जना नयाँ तर्फका नियमित कामदार र दुईसय ३ जना प्रतिबद्ध गरी जम्मा ६ सय २८ जनाकाे नाम सार्वजनिक गर्दै उक्त फारम भर्न अनुरोध गरिएको छ ।
गणतन्त्र कोरियाको HRD Service of Korea बाट प्राप्त Regular र Committed कामदारहरुको नामावली सूचिमा नाम भएका व्यक्तिहरुले CCVI फाराम भर्ने सम्बन्धमा बिस्तृत सूचना बुधवार सार्वजनिक भएको हाे। लामाे समय सम्म काेरिया जाने प्रतिक्षामा रहेका हजारौं नेपाली युवाहरू खुसि भएका छन् ।
यसअघि बिभिन्न चरणहरूमा ८ सयभन्दा बढीले सिसिभिआई भरिसकेका छन् भने जसमध्ये अधिकांश श्रमिकहरु कोरिया उडिसकेका छन् ।
कमिटेड तर्फको सिसिभिआई लिस्ट
रेगुलर तर्फ