गुरुदत्त न्यौपाने /सिओल
दक्षिण कोरियाको उत्तरी क्षेत्र पोछनमा रहेको एक कम्पनीका मालिकले आफ्नो कम्पनीमा काम गर्ने विदेशी महिलाले नुहाउदै गरेको भिडियो खिचेको आ’रोपमा प’क्राउ गरिएको छ।
अवैध रुपमा लुकेर भिडियो खिचेको आरोपमा पक्राउ परेका कम्पनी मालिकले बाथरुममा दुईतर्फी ऐना जडान गरेको भेटिएको छ।दुई ऐना मध्ये एउटा ऐना पारदर्शी रहेको र अर्को ऐना परावर्तित ऐना भएको कारण उक्त महिलाले नुहाउदै गरेको भिडियो ऐनामा परावर्तन गरी मोवाईलबाट भिडियो खिच्दै गरेको विदेशी महिला कामदारले देखेपछी पोछन प्रहरीमा उजुरी गरेकी थिईन।
फिलिपिनो महिला कामदारले आफुले नुहाउदै गर्दा ऐनामा शंकास्पद फ्ल्यास देखेपछी उजुरी गरेको बताईएको छ।
प्रारम्भिक अनुसन्धानबाट प्रहरीले एकतर्फबाट प्रतिबिम्बित र अर्कोतर्फ पारदर्शी देखिने ऐना दुईतर्फी भएको फेला पारेको छ, जसले एक तर्फबाट एक व्यक्तिलाई अर्को तर्फ सुल्टो देख्न सकिन्छ।
पीडित युवती नुहाउने क्रममा फ्याक्ट्री मालिकले आफ्नो फोनबाट भिडियो खिचेको प्रहरीले आशंका गरेको छ ।तर प्रहरीले अनुसन्धान थालेको करिब १४ घण्टापछि मंगलबार बिहान ३:४० बजे कारखानामा आगलागी भएको थियो । करिब पाँच घन्टापछि आगो निभाइएको थियो तर नुहाउने कोठासहित कारखानाका दुईवटा भवन जलेर धेरै प्रमाण नष्ट भएको थियो ।
प्रहरीले उक्त व्यक्तिको फोनको फरेन्सिक अनुसन्धान र आगलागीको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा थप अनुसन्धान गरिरहेको छ।
आगो आफ्नो एक पुरुष विदेशी कामदारले लगाएको हुनसक्ने कम्पनी मालिकले दाबी गरेका छन् । “यो महिलाका साथीले म विरुद्ध बदला लिनको लागी मलाई फसाउन यस्तो हर्कत गरेको हुनसक्छ,” मालिकले स्थानीय समाचार माध्यम एसबीएसलाई भने।
पोछनमा आप्रवासी कामदार सहयोग केन्द्रका प्रमुख किम दल-सुङले आगलागी र अवैध भिडियो फिल्मिङ्ग जस्तो गम्भिर अपराध दुवैलाई राम्ररी अनुसन्धान गर्नुपर्ने बताएका छन।
उनले कम्पनी मालिकले गैरकानुनी रुपमा भिडियो फिल्मिङ्ग प्रकरणलाई ढाकछोप गर्न कामदारलाई आगजनी गरेको आरोप लगाउन मालिकले नै यसो गरेको हुनसक्ने भएकोले उनीमाथि कुनै थप आरोप छ कि छैन भनेर प्रहरीले तुरुन्त अनुसन्धान गर्नुपर्ने बताएका छन।