न्यू भिजन ग्रुपले आयोजना गरेको ढाकाटोपी तथा भादगाउँले टोपी प्रतियोगितामा विशाल श्रेष्ठ विजयी

कोरिया समाचार

सिओल

न्यू भिजन ग्रुप दक्षिण कोरियाले अङ्ग्रेजी नयाँ वर्ष २०२२ साथै टोपी दिवसको अवसर पारेर मातृभूमि प्रति माया झल्काउने उद्देश्यकासाथ संचालन गरेको “ढाकाटोपी तथा भादगाउँले फोटो प्रतियोगिता” मा विशाल श्रेष्ठ विजयी भएका छन।

प्रतियोगितामा सहभागीता जनाउनको लागि २०२१/१२/१३ देखि २०२१/१२/२१तारिख सम्म संस्थामा आवद्ध आधिकारिक व्यक्ति हरुलाइ आफ्नो फोटो पठाउनु पर्ने थियो। उक्त समयावधिमा जम्मा ७४ जना सहभागी प्रतिस्पर्धिको फोटो न्यू भिजन ग्रुपको आधिकारिक फेसबुकबाट २०२१/१२/२३ तारिखको दिन बेलुका ७ बजे सार्वजनिक गरिएको थियो।

डिसेम्बर २३ तारिख देखि डिसेम्बर ३१ तारिख रातिको १२ बजेसम्मका आएको फोटोमा लाइक कमेन्ट र सेयरको आधारमा ७४ जना सहभागी प्रतियोगितामा सबैभन्दा धेरै भोट ल्याएर विशाल श्रेष्ठ (प्रतियोगि नम्बर:९) विजयी भएको छ। यसैगरि द्वितीय स्थानमा दामोदर भण्डारी(प्रतियोगिता नम्बर ११), तृतीय भुमिराज भुसाल (प्रतियोगि नम्बर १३)र सान्त्वनामा धन सलामि मगर (प्रतियोगि नम्बर ६३)रहेको कार्यक्रम निर्णय कमिटिको संयोजक अनिस गुरुङले जानकारी दिनुभयो।

किम्हेको एभरेष्ट रेस्टुरेन्टमा ग्रुपको अध्यक्ष तथा कार्यक्रम संयोजक दिपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको विजयी घोषणा र सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा NRNA बरिष्ठ उपाध्यक्ष सन्जिब कुमार राइ तथा विशिष्ट अतिथि हरु सस्थाका सल्लाहकार अनिश गुरुङ, तामाङ घेदुङ ख्याङसाङनाम्दोका अध्यक्ष धनराज तामाङ लगायत अन्य अतिथि हरु उपस्थित थिए। ग्रुपका उप संयोजक तगेन्द्र राइले संचालन गरेको कार्यक्रममा NRNA GLOBAL SINGING IDOL मा तृतीय हुन सफल न्यु भिजन ग्रुपको सक्रिय सदस्य सुरेन घटानलाइ पनि प्रमुख अतिथि सन्जिब राइले सम्मान पत्र प्रदान गर्दै र खादा लाएर सम्मान गर्नुभएको थियो।

“न्यु भिजन ग्रुप ढाका/भादगाउँले टोपी फोटो प्रतियोगीता ” को नतिजा सार्वजनिक गर्दै फोटो प्रतियोगितामा सहभागी साथीहरू र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण प्रती आयोजकले हार्दिक आभार प्रकट गरेको छ।त्यसैगरि आगामी दिनहरुमा पनि सामाजिक तथा नेपालको पहिचान झल्काउने तथा कोरियामा पनि सक्रिय रहि सामाजिक कार्य गर्ने जनाउदै सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बाट रचनात्मक साथ सहयोगको सधै अपेक्षा राखेको र फोटो प्रतियोगिताका विजेता साथीहरू लाई हार्दिक बधाइ तथा सम्पूर्ण सहभागी साथीहरूमा अध्यक्ष दिपेन्द्र अधिकारीले धन्यवाद व्यक्त गर्नु भयो।

यसैगरि कार्यक्रममा प्रत्यक्ष उपस्थित हुनु नभएको प्रतियोगिताको बिजेता विशाल श्रेष्ठ लाइ आयोजकले फोन कल मार्फत नै बधाई तथा शुभकामना दिनुभएको थियो। प्रतियोगितामा प्रत्यक्ष सहभागी हुन नसकेकोमा क्षमा माग्दै बिजेता श्रेष्ठले सर्वप्रथम त नेपालको पहिचान झल्कने कार्यक्रम गरेकोमा न्यू भिजन ग्रुप लाई धन्यवाद दिदै लाइक कमेन्ट सेयर गरेर प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरि आफुलाई प्रथम बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्णमा भित्री मन देखि नै हार्दिक आभार व्यक्त गरेको र आगामी दिनहरुमा पनि यस्तै साथ समर्थन र मायाको आशा गरेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *