यौ’न दुर्व्यवहार को आरोप लागेपछी आ’त्मह’त्या गरेका सउलका पूर्व मेयर को मुद्दा खारेज !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

आफ्नै सचिवलाई यौ’न दुर्व्यवहार गरेको आरोप लागेका दक्षिण कोरियाको सियोल महानगरपालीका का मृ’तक पूर्व मेयर पार्क वोन सुन लाई लागेको अभियोग प्रोसिक्युटर हरुले अभियोग नगर्ने निर्णय गरेको स्थानिय समाचार संस्थाको रिपोर्टले जनाएको छ।

शुक्रबार सियोल सेन्ट्रल डिस्ट्रिक्ट प्रोसिक्युटरको कार्यालयमा अभियोजकहरूले यो निर्णय गरेका हुन। मृ’तक पार्क विरुद्ध अभियोग दर्ता गर्ने अधिकार नरहेको भन्दै अभियोजनकर्ताले मुद्दा बन्द गरेका हुन् ।अभियोजकहरूले मुद्दा बन्द गरेकाले उनको मृ’त्युको आरोपसँगको सम्बन्ध थप अनुसन्धान र खुलासा नहुने बताईएको छ।

जुलाई २०२० मा, पार्कका पूर्व सचिवले पहिलो पटक सियोल मेट्रोपोलिटन पुलिस एजेन्सीमा आफुलाई मेयरले यौ’न दुर्व्यवहार गरेको आरोप लगाउदै उजुरी दर्ता गरेकी थिईन।उनले अभियोग पत्र सहित सम्बन्धित प्रमाणहरू पनि पेश गरेकी थिईन।

प्रहरीले मेयरका सचिवलाई सोधपुछ गरेपछि मेयरलाई सोधपुछका लागि बोलाइने योजना थियो।यद्यपि, उजुरी पेश भएको भोलिपल्ट पार्क बेपत्ता भएको रिपोर्ट प्रहरीमा परेको थियो र केही घण्टा पछि उनले आत्मह’त्या गरेको अवस्थामा मृ’त फेला परेका थिय।

यौ’न दुर्व्यवहारको आरो’प लागेको भोलिपल्टै उनको मृ’त्यु भएको कुरालाई ध्यानमा राख्दै, धेरैले पार्कले आफूमाथिको प्रतिवेदन बाहिरिएपछि सम्भावित यौ’न कान्ड बाहिर आउने दबाब महसुस गर्दै आत्मह’त्या गरेको अनुमान गरेका थिय।

पार्क तीन कार्यकाल सेवा गर्ने सियोलको पहिलो निर्वाचित मेयर थिइन्। उनी कोरियाको सत्तारुढ डेमोक्र्याटिक पार्टीको सम्भावित राष्ट्रपतिको उम्मेदवार पनि मानिन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *