सिओल
रोजगार अनुमति प्रणाली “ईपिएस” अन्तर्गत दक्षिण काेरिया नेपाली श्रमिक लैजाने प्रक्रिया निरन्तर अगाडि बढिरहेको छ । कात्तिक १० गते पहिलो चरणमा ४८ जना दोस्रो चरणमा मंसिर ८ गते ८१ जना, तेस्रो चरणमा मंसिर २७ गते १२२ जना, चौथो चरणमा पौष ७ गते १३८ जना र पाँचौ चरणमा पौष १९ गते १६६ नेपाली कामदार कोरिया उडेका थिए ।
सोहि क्रमलाई निरन्तरता दिदैं छैठौं चरणमा पौष २६ गते (जनवरी १०) मा ८४ जना नियमित र ५० जना प्रतिबद्ध गरी १३४ जना कामदार कोरिया उड्ने भएका छन् ।
बुधबार उक्त १३४ जना नयाँ र कमिटेड कामदारहरुको नामावली इपिएस कोरिया शाखा ललितपुरले एक सुचना जारी गर्दै प्रकाशित गरेको छ ।
कोभिड १९ का कारण झण्डै दुई बर्षपछि सुरु भएको नेपाली कामदारहरु दक्षिण कोरिया लैजाने प्रक्रिया अन्तर्गत पहिलो चरणमा प्रतिबद्ध कामदार लिन सुरु गरेपछि त्यसपछिका चरणमा भाषा परिक्षा उतिर्ण गरि प्रक्रिया पुरा गरेका नेपाली श्रमिक पनि लैजान काेरियाले सुरु गरेको हो ।
८४ जना रेगुलर कामदारहरुको अन्तिम नामावली
कमिटेड हरुको नामावली
Hamra Khabar