सिओल
दक्षिण कोरियाले को’रोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि को’रोना राहत बाँडिरहेको छ ।
कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न अ’सहज भएकाले यहाँको ईन्छन उपमहानगर पालिकाले उपमहानगरभित्र बसोबास गर्ने कोरियाली नागरिकसहित विदेशीलाई पनि को’रोना राहत रकम बाँडिरहेको हो ।
राहत रकमअन्तर्गत एक लाख कोरियाली वन (झण्डै रु १० हजार) प्रदान गरिने छ । यो राहत कोरियामा रही एच २, एफ ४, एफ ५ र एफ ६ भिसावाहक नेपालीसहित सबै विदेशीले पाउन सक्ने छन् ।
यसलाई प्राप्त गर्न उपमहानगर पालिका वा वडा कार्यालयबाट अनलाइन वा अफलाइन फर्म भरेपश्चात आफ्नो ठेगानामा एउटा ‘ईन्छन इयोङ कार्ड’ सपिङ कार्ड प्राप्त हुनेछ । जुन कार्डबाट नगद निकाल्न भने पाइने छैन ।
यसबाट ईन्छन उपहानगर पालिकाभित्र रहेका सपिङ मलहरूबाट एक लाख कोरियाली वन बराबरका सामान किनमेल गर्न सकिन्छ । गत डिसेम्बर दोस्रो हप्तादेखि सुरु भएको नाम दर्ता र कार्ड बाँड्ने प्रक्रिया जनवरी अन्तिमसम्म चल्नेछ ।
कार्डमा भएको रकम मार्चभित्र खर्च गरिसक्नु पर्नेछ । नेपालीलगायत विदेशीले पनि यो रकम पाउने भनिए पनि ई ९ प्रवेशाज्ञा बाहकलाई भने नदिइने भएको छ । अधिकांश प्रवासी श्रमिकको प्रवेशाज्ञा ई ९ भएका कारण यसबाट लाभान्वित हुने प्रवासीहरू कम हुनेछन् ।
यद्यपि उक्त कार्ड प्रयोग गर्न सबैले पाउने र कार्डमा आफैँले पैसा राखेर अन्य समयमा किनमेल गर्दा १० प्रतिशत छुट पाउन सकिने कुरा यहाँ लामो समयदेखि श्रम गरिरहेका नेपाली बीबी सिंहले बताए । रासस
कोरियाको फ्यङ्थेकमा रहेको गोदाममा भिषण आगलागी,तिन जनाको मृ’त्यु !
बिहीबार सियोलको पश्चिमी सहरफ्यङ्थेकको एउटा गोदाममा लागेको आगो निभाउने क्रममा तीन जना अग्नि नियन्त्रकको मृत्यु भएको छ।
फ्यङ्थेकको एउटा गोदाममा लागेको आगो नियन्त्रण गर्ने क्रममा उनिहरुको मृ’त्यु भएको हो।आगो लागेको १२ घन्टा भन्दा बढी समय सम्म नियन्त्रण प्रयास गर्दा समेत सफल हुन नसकेका उनिहरु को आगो लागेको ठाउँमा मृ’त्यु भएको हो।दुई मृ’तक अग्नि नियन्त्रकको शव दिउँसो १२:२२ बजे भेटिएको थियो ।
सियोलबाट ७० किलोमिटर दक्षिणमा अवस्थित पश्चिमी फ्यङ्थेकको रेफ्रिजेरेसन गोदामको दोस्रो तल्ला देखी सुरु भएको आगो निभाउने क्रममा उनिहरुको मृ’त्यु भएको थियो।
सात तले गोदाममा बुधबार राति ११:४६ बजे आगलागी भएको जानकारी दिइएको थियो । अधिकारीहरूले बिहीबार बिहान आगो नियन्त्रणमा लिएका थिय तर पछि आगो नियन्त्रण गरिसकेपछी फेरी अचानक आगो बढेको थियो।
आगो तिब्र गतिमा फैलिदै गएका कारण दमकल फसेको अनुमान गरिएको छ । अन्य दुई फायर फाइटरहरू खतराबाट बच्न सफल भएका थिय।
अधिकारीहरूले २ लेभलको चेतावनी जारी गरेका छन्, जसले उनीहरूलाई अन्य क्षेत्रहरूबाट फायर फाइटरहरू लाई सहयोग माग्न सक्नेछन। घटनास्थलमा रहेका पाँचजना नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।
आकस्मिक लागेको आगो र घटनास्थल भित्रको आन्तरिक विनाशका कारण अग्निनियन्त्रकहरू फसेको हुनसक्ने एक अधिकारीले बताएका छन।