सिओल
दक्षिण कोरियाले लामो समयदेखि सुरक्षा जोखिमका कारण मध्यपूर्व र अफ्रिकाका छ वटा देशसहित फिलिपिन्सका केही भागहरूलाइ छ महिनाको लागि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेकाे छ।
यस अघि अफ्रिकि देशहरूमाथि लगाएकाे प्रतिबन्धकाे म्याद थप्दै अन्य देशहरूमाथि पनि प्रतिबन्ध लगाएकाे विदेश मन्त्रालयले शुक्रबारकाे व्रिफिङमा जनाएकाे छ। अफ्रिकि देशहरूमाथि लगाएकाे प्रतिबन्धको म्याद जनवरी ३१ मा सकिँदै थियो।
मन्त्रालयका अनुसार इराक, सिरिया, यमन, लिबिया, सोमालिया, अफगानिस्तान र फिलिपिन्स द्वीपसमूहको दक्षिणी क्षेत्र – जाम्बोआंगा प्रायद्वीप, सुलु, बासिलान र तावी-तावीकामाथि प्रतिबन्ध लगाएकाे हाे।
तोकिएको क्षेत्रहरू आतंकवादी हमला र राजनीतिक अस्थिरताको निरन्तर जोखिममा परेका र सम्भवतः लामो समयसम्म रहने भएकाले यस्ताे निर्णय गरेकाे बतायाे।
दक्षिण काेरियाले सन् २००७ देखि इराक, सिरिया, सोमालिया र अफगानिस्तानको यात्रामा प्रतिबन्ध लगाइएको थियाे। त्यस्तै सन् २०११ मा यमन, २०१४ मा लिबिया र २०१५ मा फिलिपिन्सका टापुहरूमा प्रतिबन्ध लगाएको थियो।नेप्से गुरु
कोरियाको फ्यङ्थेकमा रहेको गोदाममा भिषण आगलागी,तिन जनाको मृ’त्यु !
बिहीबार सियोलको पश्चिमी सहरफ्यङ्थेकको एउटा गोदाममा लागेको आगो निभाउने क्रममा तीन जना अग्नि नियन्त्रकको मृत्यु भएको छ।
फ्यङ्थेकको एउटा गोदाममा लागेको आगो नियन्त्रण गर्ने क्रममा उनिहरुको मृ’त्यु भएको हो।आगो लागेको १२ घन्टा भन्दा बढी समय सम्म नियन्त्रण प्रयास गर्दा समेत सफल हुन नसकेका उनिहरु को आगो लागेको ठाउँमा मृ’त्यु भएको हो।दुई मृ’तक अग्नि नियन्त्रकको शव दिउँसो १२:२२ बजे भेटिएको थियो ।
सियोलबाट ७० किलोमिटर दक्षिणमा अवस्थित पश्चिमी फ्यङ्थेकको रेफ्रिजेरेसन गोदामको दोस्रो तल्ला देखी सुरु भएको आगो निभाउने क्रममा उनिहरुको मृ’त्यु भएको थियो।
सात तले गोदाममा बुधबार राति ११:४६ बजे आगलागी भएको जानकारी दिइएको थियो । अधिकारीहरूले बिहीबार बिहान आगो नियन्त्रणमा लिएका थिय तर पछि आगो नियन्त्रण गरिसकेपछी फेरी अचानक आगो बढेको थियो।
आगो तिब्र गतिमा फैलिदै गएका कारण दमकल फसेको अनुमान गरिएको छ । अन्य दुई फायर फाइटरहरू खतराबाट बच्न सफल भएका थिय।
अधिकारीहरूले २ लेभलको चेतावनी जारी गरेका छन्, जसले उनीहरूलाई अन्य क्षेत्रहरूबाट फायर फाइटरहरू लाई सहयोग माग्न सक्नेछन। घटनास्थलमा रहेका पाँचजना नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।
आकस्मिक लागेको आगो र घटनास्थल भित्रको आन्तरिक विनाशका कारण अग्निनियन्त्रकहरू फसेको हुनसक्ने एक अधिकारीले बताएका छन।