सिओल
ईपीएसमार्फत हालसम्म ६६ हजार ७२६ जना नेपाली कामदार कोरिया गएको विभागको तथ्यांक छ। ३३ हजारभन्दा धेरै नेपाली कोरियामा कार्यरत छन्। कोरियाले उत्पादन र कृषि क्षेत्रमा कामदार लैजाने गरेको छ। हालसम्म ५ लाख ८९ हजार ६ सय १८ जनाले कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका छन्। त्यसमध्ये ७७ हजार ३ सय ७७ जनाले भाषा परीक्षा पास गरेका छन्।
कोरियामा नेपालीले मासिक १ लाख ६० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने गर्छन्। कोरियाबाट अधिकांश रेमिट्यान्स हुन्डीमार्फत नेपाल भित्रिने गर्छ। दक्षिण कोरियाबाट वार्षिक ३३ अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने तथ्यांक छ।
कुन सालमा कति पुगे?
नेपालबाट कोरियाले ईपीएसमार्फत २००८ देखि नेपाली कामदार लैजान सुरु गरेको हो। पहिलो वर्ष २ हजार ८ सय १४ नेपाली कोरिया गएका थिए । सन् २००९ मा १ हजार ९ सय ११ कोरिया गए। २०१० मा २ हजार ३ सय ३९ र २०११ मा ३ हजार ९ सय ८३ कामदार गएका थिए।
यस्तै २०१२ मा ६ हजार ३ सय ३२, २०१३ मा ५ हजार ५६, २०१४ मा ६ हजार २८ र २०१५ मा ५ हजार ८ सय ६६ नेपाली श्रमिक कोरिया गएको तथ्यांक छ।
२०१६ मा ८ हजार ७९, २०१७ मा ७ हजार ८ सय, २०१८ मा ८ हजार ५ सय ११, २०१९ मा ७ हजार १ सय सय र २०२० मा १ हजार २७ जना कोरिया गएका छन्।
रोजगारीका लागि कोरिया गएकामध्ये हालसम्म १ सय १३ जनाले ज्यान गुमाएका छन्। तिनमा एक महिला र १ सय २२ जना पुरुष छन्। काम गर्ने क्रममा अंगभंग हुनेको संख्या २३ जना रहेको विभागको तथ्यांक छ।