कोरियामा श्रमिकको स्वास्थ्य बिमा ( 건강 보험 ) शुल्क वृद्दि ! अव मासिक यति तिर्नुपर्ने !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियाली सरकारले २०२२ को लागी स्वास्थ्य बिमा रकम वृद्दि गरेको छ।कोरियाले २०२२ देखी विगतबाट असुल्दै आईरहेको स्वास्थ्य बिमा रकमलाई बढाएको एक सुचना जारी गर्दै जानाकारी दिएको हो।

२०२२ का लागी स्वास्थ्य बिमा बृद्दि भएर ६.९९% भएको हो।सरकारले २०२१ मा ६.८६% प्रतिशत कायम गरेको थियो भने २०२२ मा ०.१३ % ले वृद्दि गरेर ६.९९% कायम गरेको हो।

खनगाङ फोहम यानिकी स्वास्थ्य बिमा रकम कामदारको तलब को ६.९९% हुने भएकोले कामदार अनुसार फरक हुने गर्दछ।मासिक अथवा बार्षिक स्वास्थ्य बिमा रकम हिसाब गर्दा ट्याक्स काटनु भन्दा अगाडीको तलबको ६.९९% हुने सुचनामा उल्लेख छ।

कोरियाको स्वास्थ्य बिमा निति अनुसार स्वास्थ्य बिमा कामदार र रोजगारदाताको आधा आधा हुने भएकोले कामदारले आफ्नो बिमा रकमको ५०% मात्रै बेहोर्नुपर्ने नियम विगतदेखी नै लागु भएको हो।तर कतिपय रोजगार दाता हरुले स्वास्थ्य बिमाको १००% नै कामदारलाई बेहोर्न लगाउने गरेको प्रशस्तै सुचनाहरु आउने गरेका छन।

रोजगारदाता ले कामदारको स्वास्थ्य बिमा सबै ब्यहोर्न लगाएको खण्डमा कोरियाले आधिकारीक निकालेको सुचना देखाई नियम को जानाकारी कम्पनिमा जानाकारी दिई ५० % कम्पनिलाई नै बेहोर्न आग्रह गर्न सक्नेछन।

साथै F-2-7 भिषा बहाकहरुले दृघकालिन हेरचाह बिमा अनिवार्य गर्नुपर्ने बताईएको छ।यसको शुल्क समेत ०.७५ % ले बृद्दी भएर १२.२७% भएको छ।

हेर्नुहोस आधिकारीक सुचना

कोरियाली सोजुको नेपालमा उत्पादन शुरु

दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ ‘सोजु’ अव नेपालमा नै उत्पादन सुरु भएको छ।

श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपालको सहकार्यमा नेपालमा नै सोजु उत्पादन तथा विक्रि बितरण हुने भएको हो ।

कोरियाको लोकप्रिय मदिरा लाई हिमाल र पहाडको नाम ले सम्बोधन गर्दै ‘सान सोजु’ नामाकरण गरी नेपाली बजारमा पठाउने तयारी भएको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष विनोद कुँवरले जानाकारी दिए।

बाँके जिल्लाको कोहलपुरमा रहेको श्री न्यु एभरेष्ट डिष्टीलरीमा कोरियन मापदण्डको मदिरा सोजु उत्पादन गरी नेपालभर बिक्री वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएसंगै कम्पनीले सोजु उत्पादन शुरु गरेको हो।

नेपाली अग्रज उद्योगी रविन्द्रमान श्रेष्ठ, सफल ब्यवसायी एवं गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष विनोद कुँवर र दक्षिण कोरियाका वरिष्ठ केमिष्ट लिम क्योङ्गटेकको संयुक्त पहलमा नेपालमा सोजु उत्पादन र बिक्री वितरण गर्ने योजना सफल भएको छ।

‘दक्षिण कोरियाको सबैभन्दा लोकप्रिय मदिराजन्य पेय पदार्थ सोजु त्यहाँका राष्ट्रपतिदेखि सामान्य कामदार सबै तह र तप्काका कोरियनहरुले सेवन गर्ने गर्दछन्’ दक्षिण कोरियामा विभिन्न व्यवसाय गर्दै आएका एनआरएन कुँवरले भने–‘ सोजुको लोकप्रियता नेपालमा पनि क्रमिक रुपमा बढ्दै गएकाले यही उत्पादन गरेर सस्तो मुल्यमा उपलब्ध गराउने हाम्रो पहल हो ।’

अहिले पनि नेपालमा दक्षिण कोरियाबाट सोजु आयात गरी बिक्री वितरण हुँदै आएको छ ।‘ हामीले सोजु नेपालमा उत्पादनगरी बजारीकरण गर्दा आयात न्युनीकरण हुने, देशको पैसा विदेश नजाने, मुल्य सर्वसाधारण उपभोक्ताको पहुँच भित्र हुने र गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुनेछ ’ कुँवरले जानकारी दिए ।

नेपालमा सोजुको उत्पादनका लागि पूर्व तयारी पूर्णरुपमै कोरियामा गरिएको थियो । एनआरएनएका अगुवा समेत रहेका कुँवरले भने–‘नेपाली उपभोक्ताको चाहना अनुरुप हामीले उपभोक्ताहरुमाझ आवश्यक स्वाद र अन्य परिक्षणहरु पनि गरिसकेर उत्पादन समेत थालेका छौँ।’

कुँवरले सान सोजु उत्पादन भएर बजारमा जाने अन्तिम तयारी रहेको जनाउदै यसले स्वदेशमा रोजगारी सिर्जना गरी सानो सङ्ख्यामै भएपनी यूवालाई विदेश पलायन हुनबाट रोक्ने बताए। आफु मात्र धनी हुने उद्देश्य नभई समग्र देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने कुरामा आफु विश्वस्त रहेको उनले बताए।

दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन र स्वदेशमा नै रोजगार सृजना गर्नका लागि निरन्तर सक्रिय कुँवरले कोरियाको ठूलो कम्पनी लोट्टे ग्रुपलाई स्वदेशमा ल्याउनका लागि पनि सम्झौता गरिसकेका छन् ।

कोरियाको प्रख्यात चाउचाउ सिनलाम्यानलाई नेपाल भित्र्याएर बिक्रिबितरण गरिरहेका कुँवरले आगामी दिनमा स्वदेशमा नै उक्त चाउचाउ उत्पादन गर्ने योजना बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *