खतरनाक धुलोको कणले ढाक्यो कोरियालाई,उच्च शतर्कता अपनाउन अनुरोध !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

कोरियाको पश्चिमी क्षेत्रमा उच्च वायुमन्डलीय चापको कारण आएको वायुमन्डलीय स्थिरताको कारण दक्षिण कोरियालाई खतरनाक धुलोको कणले छोपेको कोरियाली मौषम अधिकारीहरुले बताएका छन।

कोरियाली कम्प्रिहेन्सिभ वायु गुणस्तर सुचकाङ्क विभागका अनुसार राजधानी सिओल,उत्तरी छुन्छङ प्रान्त,सेजोङको केन्द्रिय भाग र दक्षिणपुर्वी शहर थेगुमा मसिनो धुलोको कण (मिसेमन्जी) को घनत्व २.५ PM मापन गरिएको थियो जुन ‘धेरै नराम्रो’ स्तरमा लिईन्छ।

जेजु टापुको वायुमन्डलको स्तर मध्यम भएतापनि अन्य क्षेत्रहरुको स्तर ‘खराव’ स्तरमा मापन गरिएको थियो।देशैभरी वायुमन्डलीय स्तर खराब मापन गरिएसंगै कोरिया सरकारले उच्च शतर्कता अपनाउन अनुरोध गरेको छ।

सिओल क्षेत्र,मध्य छुन्छङ प्रान्त,पुर्वी ख्यङ्ईन प्रान्त,दक्षिणपुर्वी उत्तरी ख्यङ्गसान र उत्तरी छल्ला प्रान्त सहित देशका अन्य भुभागहरुको वायुमन्डलमा धुलोको लेभल १० PM मापन गरिएको थियो जुन अत्यन्तै खराव स्तर भएको मौषम विभाग प्रशाशन ले बताएको छ।

बिहानको तापमान सियोलमा माइनस ३.३ डिग्री सेल्सियस, ईन्छनमा माइनस ३ डिग्री सेल्सियस र मध्य शहर थेजनमा ८ बजे माइनस 4.4 डिग्री सेल्सियस थियो, जबकि दक्षिणपूर्वी शहरहरू उल्सान र बुसानमा क्रमशः २.६ र ४.२ डिग्री सेल्सियसमा धेरै तातो थियो।

दिउँसो तापक्रम ३ डिग्री सेल्सियसदेखि १२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।कोरिया मौसम प्रशासनका अनुसार, ग्रेटर सियोल क्षेत्रमा हिउँ पर्ने सम्भावना छ, र केही मध्य र पूर्वी क्षेत्रहरूमा आज साँझबाट उत्तरिय न्यानो हावाको टकरावको कारण हिउँ पर्ने सम्भावना छ।

उत्तर छुन्छन प्रान्त, दक्षिणपश्चिमी क्षेत्र र जेजु टापुमा पनि राति ९ बजेपछि हिउँ वा वर्षा हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *