कोरियाली भाषा परीक्षाको नतिजा प्रकाशित, कति भए उत्तिर्ण ?

कोरिया समाचार

बासुदेव भट्ट/काठमाडौं

रोजगार अनुमति प्रणाली “ईपिएस” अन्तर्गत (सीबीटीतर्फ) को यस वर्षको कोरियन भाषा परिक्षाको नतिजा सार्वजानिक भएको छ । यहि पुस १ गते देखि ७ गतेसम्म लिइएको भाषा परिक्षाको नतिजा कोरियाको मानव श्रोत तथा संशाधन विकास केन्द्र एचआरडीले हिजो (मंगलबार) बेलुका सार्वजानिक गरेको हो ।

नेपालबाट कृषि र उत्पादन क्षेत्रमा गरी कुल चार सय चार जना उत्तिर्ण भएका छन् । भाषा परिक्षा काठमाडौंमा सञ्चालन गरिएको थियो भने पाँच हजार भन्दा बढिले आवेदन दिएका थिए ।

एजेन्सी : कन्नड अभिनेता यशले आज ३५ औं जन्मदिन मनाइरहेका छन् । यशको जन्म सन् १९८६ को जनवरी ८ मा भएको हो । उनी कर्नाकटको सानो गाउँमा हुर्किएका थिए ।उनको असली नाम नवीन कुमार गौडा हो । यशका पिता अरुण कुमार गौडा कर्नाटक स्टेटमा बस चालकको काम गर्ने गर्दथे ।यशले एक अन्तरवार्तामा उनका पिता बस चालक भएको खुलाएका छन् ।

उनले केजीएफको प्रीरिलीजको एक कार्यक्रममा राजामौलीले भनेका थिए, ‘म यशका पिता बस चालक थिए भन्ने सुनेर अचम्ममा परेँ । मेरो लागि यशभन्दा उनका पिता ठूलो अभिनेता हुन् ।’

यश सानैदेखि अभिनेता बन्न चाहान्थे । उनले एकपटक विद्यालयको एक कार्यक्रममा फिल्मको सिन अभिनय गरेका थिए । जसले उनलाई आफू अभिनेता भएको भान भयो ।

पढ्दापढ्दै उनले १२ कक्षापछि पढाई छोडिदिए । त्यसपछि नाटक मण्डलीमा भाग लिए । उनलाई परिवारमा अभिनेता बन्न छुट थिएन । तर उनले परिवारको विरुद्ध गएर आफ्नो अभिनय गर्ने सौख पूरा गरे ।

परिवारलाई दुखी बनाएर ३०० रुपियाँ बोकेर बेंगलुरु गएका उनलाई अभिनेता बन्न भने सफल भएन । फिल्मी दुनियाँको बारेमा जानकारी नभएका यश दिनभर यता र उता हिँड्दै काम खोज्थे ।

उनले सुरुवाती दिनहरुमा ब्याकराउण्ड आर्टिस्टको भूमिका निभाए । स–साना काम गर्दागर्दै उनले टेलिभिजनमा सीरियलमा काम गर्न थाले ।उनको

करियर भने केजिएफले नै उचाईमा पुर्यायो । यो फिल्म सन् २०१८ मा रिलीज भएको थियो । यो फिल्म नै पहिलो फिल्म हो जसले २५० करोड भन्दा बढी कमाई गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *