कोरियाको पोहाङमा रहेको ‘स्पेस वाक’ पर्यटक माझ चर्चित हुँदै,निशुल्क घुम्न पाईने !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियाको उत्तर ग्योङसाङ प्रान्तको पोहाङमा रहेको कोरियाकै सबैभन्दा ठूलो हिड्न मिल्ने मानव निर्मित “स्पेस वाक” पछिल्लो समय पर्यटकीय आकर्षणको रूपमा चर्चित भएको छ।

पर्यटकहरुले रोलर कोस्टर ट्र्याक जस्तो संरचनाबाट सुन्दर सूर्योदय, सूर्यास्त र रातको दृश्यको आनन्द लिन सक्ने भएकोले स्पेस वाकले पर्यटक र स्थानयहरुको ध्यान आकर्षित गरेको पोहाङ सिटीले जनाएको छ।

गत वर्ष नोभेम्बर १९ मा खोलिएदेखि १,१०,००० भन्दा बढी मानिसहरूले प्रत्यक्ष भ्रमण गरेको पोहाङ सिटी ले बताएको छ।

जर्मन कलाकार हेईक मटर र उलरिच जेन्थ को अवधारणामा तयार पारिएको ३३३ मिटर लामो घुमाउरो ट्र्याक कोरियाको ठुलो निर्माण कम्पनी पोस्कोले लगभग ३१७ टन स्टिल प्रयोग गरेर निर्माण गरेको थियो,जसमा प्रयोग भएको सम्पुर्ण स्टिल पोस्को स्टिलले उत्पादन गरेको थियो र निर्माण पुरा हुन दुई वर्ष सात महिना लागेको थियो।

यो स्पेस वाक पहाडमा स्थापना भएकोले पर्यटकहरुले योङ्गिल दे सामुन्द्रिक विच र पोस्को स्टिल प्लान्टको समेत अवलोकन गर्न पाईने भएकोले पर्यटकहरु ले यो स्पेस वाक लाई रोलर कोस्टरमा हिँडनु संग तुलना गरेका छन।

स्पेस वाक भ्रमण गर्न पुर्व वुकिङ आवश्यक छैन र प्रवेश समेत नि: शुल्क छ।

सुरक्षाको लागि, यो संरचनामा मानिसहरूको संख्या 150 भन्दा बढी हुँदा, वा खराब मौसम, जस्तै भारी वर्षा वा 30 किमी/घन्टा वा बढीको तेज हावाको अवस्थामा पहुँचलाई स्वचालित रूपमा रोक्न डिजाइन गरिएको छ।

खराव मौसम,भारी बर्षा र ३० किलोमिटर प्रतिघन्टा भन्दा बढी तेज हावा लागेका यो स्पेस वाक अटोमेटिक लक हुने सेन्सर समेत जडान गरिएकोले यो थप सुरक्षित रहेको पोहाङ सिटिले बताएको छ।

११० सेन्टिमिटर भन्दा कम उचाई भएका बच्चाहरुलाई प्रवेश निशेध गरिएको छ भने १२ बर्ष भन्दा मुनिका बच्चाहरुलाई १ जना वयस्क साथी अनिवार्य हुनुपर्ने नियम कायम गरिएको छ।

जाडो समयमा बिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म खुल्ला रहन्छ भने मार्च महिना देखी भने बिहान ८ बजेदेखी बेलुकी ९ बजेसम्म खुल्ला रहने त्यहाँको व्यवस्थापन डिपार्टले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *