कोरियाली पासपोर्ट विश्वकै दोस्रो शक्तिशाली,नेपाल भने पछाडीबाट सातौँ स्थानमा !

कोरिया समाचार

सिओल

दक्षिण कोरियाको पासपोर्ट विश्वकै श’क्तिशाली पासपोर्ट र्याङ्किङको दोश्रो स्थानमा पर्न सफल भएको छ। दक्षिण कोरियाको पासपोर्ट बाहकले संसारका १ सय ९० वटा देशहरुमा तुरुन्तै फ्री भिजा पाउनुका साथै ति देशहरुमा अनअराईभल भिजा पाउनेछन।

विश्वभरका १ सय ९० देशमा इ भिजा लिइ सजिलै भ्रमण गर्न पाउने भएकै कारण कोरियाली पासपोर्ट श’क्तिशाली बनेको हो।अमेरिकाको प्रख्यात संचार संस्था सिएनएनका अनुसार हेनरी एण्ड पार्टनर्सले विश्वभरका विभिन्न देशहरुको पासपोर्टको र्याङ्किङ निकालेको हो। यो संस्थाले पोइन्ट सिस्टममा आधारित रहि विभिन्न देशहरुको पासपोर्ट बाहकले अन्य के कति देशहरुमा भ्रमण सहजै गर्न पाउँछन भन्ने आधारमा यस्तो र्याङ्किङ निकाल्ने गर्दछ।

हेनरी एण्ड पार्टनर्सले निकालेको नयाँ र्याङ्किङमा कोरियाको पासपोर्टले कुल १ सय ९० पोइन्ट पाएको छ। यो नम्मर सहित कोरियाको पासपोर्ट जर्मनीको पासपोर्ट सँगै दोश्रो स्थानमा रहन सफल भएको हो। सन २०१३ मा कोरिया १३ औं स्थानमा झरेको थियो। त्यस यता भने निरन्तर अगाडी बढ्दै सन २०१८ बाट लगातार दोश्रो र तेश्रो स्थान लिइरहेको छ।

यस बर्षको श’क्तिशाली पासपोर्टको लिस्टमा जापान र सिङगापुर बराबर पोइन्टका आधारमा पहिलो स्थानमा रहन सफल भएका छन। यि दुबै देशका पासपोर्टधारीले विश्वका १ सय ९२ देशहरुमा फ्रि भिजा तथा अन अराइभल भिजा पाउनेछन। १ सय ९२ देशहरुमा यि देशका नागरिकहरुले सहजै भ्रमणका लागि भिजा पाउनेछन।

पावरफुल पासपोर्टको दोश्रो नम्मरमा दक्षिण कोरिया र जर्मनी रहेका छन भने त्यसपछिको तेश्रो स्थानमा भने फिनल्याण्ड, इटाली र लकजम्बर्ग संयुक्त रुपमा रहेका छन। चौथो स्थानमा अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्याण्ड र स्विडेन संयुक्त रुपमा रहेका छन। त्यसैगरी उत्तर कोरिया १ सय ४ औं स्थानमा परेको छ। यस देशका नागरिकले मात्र ३९ देशमा अन अराइभल भिजा पाउनेछन। नेपाल भने यस्तो र्याङ्किङमा अन्तिमबाट सातौं स्थानमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *