सिओल
जनवरी १३ तारिख दक्षिण कोरियामा विदेशबाट आएकाहरुमा देखिएको को’रोना सं’क्रम’ण अहिले सम्मकै उच्च भएसँगै विदेशबाट आउने यात्रुहरुलाई क’डाई गर्ने निर्णय कोरियाको सरकारले गरेको छ। यहाँको क्वा’रेन्टिन नि’यमहरुमा परिवर्तन गर्दै विदेशबाट आउने सं’क्रम’ण रोक्नका लागि विभिन्न तरिकाहरु अपनाइने भएको छ।
कोरियाको सेन्ट्रल क्वा’रेन्टिन काउण्टरमेजर्स हेडक्वाटर्सले गरेको मिडिया ब्रिफिङमा विदेशबाट आउने यात्रुहरुका लागि क्वारेन्टिन नि’यमहरुमा क’डाई गर्ने बताएको हो। गत डिसेम्बर महिनाको दोश्रो हप्तामा कोरियामा विदेशबाट आउनेहरुमा देखिएको सं’क्रम’ण मात्र २ सय रहेको थियो। तर डिसेम्बरको चौथो हप्तामा यो संख्या बढेर ४ सय ७७ पुग्यो भने जनवरीको पहिलो हप्तामा ह्वात्तै बढेर १ हजार ३ सय २६ पुग्यो। यो दिन बिदेशबाट आउनेहरुमध्ये ३ सय ९१ जनालाई सं’क्रम’ण देखिएको थियो।
यसरी विदेशबाट आउनेहरुमा सं’क्रम’ण उच्च देखिन थालेपछि कोरियाले नि’यमहरु परिवर्तन गर्न लागेको हो। विदेशबाट आउनेहरुमा अधिकाँसमा को’रोनाको नयाँ भे’रियन्ट ओ’मिक्रोन देखिएको छ। यसरी सं’क्रम’ण रोक्न कोरियाले विदेशबाट आउनेहरुलाई अब कोरियामा सार्वजनिक यातायात चढ्न रो’क लगाएको छ। उनिहरुले एअरपोर्टबाट क्वा’रेन्टिन बस तथा ट्रेन वा आफ्नो व्यक्तिगत सवारीमात्र चढ्न पाउनेछन।
आउँदो २० तारिखबाट लागू हुने यि नयाँ नि’यमहरुमा विदेशबाट आउने यात्रुहरुले यात्रा गर्नुभन्दा ४८ घण्टाअघिको को’रोना नेगेटिभ पिसिआर रि’पोर्ट पेश गर्नुपर्नेछ। यसअघि यात्रुहरुले ७२ घण्टा अघिको पिसिआर रिपोर्ट पेश गरे हुन्थ्यो। यसैगरी अब कोरिया प्रवेश गर्ने सबै उडानहरुमा एअरलाईन सर्किट ब्रेकर लगाइने भएको छ। कोरिया प्रवेश गर्ने जहाज जसले ३ जना वा सोभन्दा बढि को’रोना सं’क्रमित यात्रु बोकेको छ त्यसलाई १ हप्ताका लागि उडानमा प्र’तिबन्ध लगाइने भएको छ। गत महिनाको १५ तारिखयता २४ वटा उडानमा यस्तो ब्रेकर कोरियाले लगाई सकेको छ।
त्यसैगरी अर्को निय’ममा कोरिया उडान भर्ने जहाजहरुले सिट क्षमताको ६० प्रतिशत मात्रै यात्रु बोक्न पाउने भएका छन। यो नियमले लामो समयदेखि कोरिया प्रवेशका लागि कुरेर बसेका इपिएस कामदारहरुलाई प्रत्यक्ष असर पुर्याउने देखिएको छ। अहिले हरेक फ्लाइटमा १ सय ५० आसपासमा कामदार कोरिया प्रवेश गरिरहेका भएता पनि अबको यस्तो नि’यमले यो संख्या अझ घट्न सक्ने अनुमान गरिएको छ।ईपिएस साथीबाट