गुरुदत्त न्यौपाने /सिओल
दक्षिण कोरियामा रोजगारीको शिलशिलामा E9 भिषामा कार्यरत नेपालीहरुलाई लक्षित गरी नि:शुल्क विधुत मर्मत तालिम सन्चालन हुने भएको छ।
दक्षिण कोरियाको ख्यङ्गिदो प्रान्तको 고양시 일산 आशपासमा बस्ने नेपालीहरुका लागी यो तालिम सन्चालन हुने भएको हो।
जुन महिना बाट शुरु गर्न लागिएको उक्त तालिम सउलको छङ्दोङमा रहेको तालिम केन्द्रमा हुने भएको छ।पहिलो आउने लाई पहिलो प्राथमिकताका अनुसार पहिलो ३० जनाको समुहलाई तालिम दिईने टिडिएनके ले आफ्नो फेशबुक पोस्ट मार्फत जानाकारी दिएका छन।
विगतका दिनहरुमा तालिम मा सहभागी हुने भनेर दर्ता गर्ने र पछी विदा मिलेन भन्दै उपस्थित नहुने अवस्था सिर्जना भएको कारण यसपाली भने विदा मिल्ने ग्यारेन्टी भएका हरुलाई मात्र समावेश गर्ने उनले बताएका छन।
तालिम पुरा गर्ने व्याक्तिहरुलाई गाडी भाडा र खानाको खर्च सहित तालिम पुरा गरेको सर्टिफिकेट समेत दिईने पोस्टमा उल्लेख छ।