इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनलमा नेपालकी मुना

मुख्य समाचार

काठमाडौं : इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०१९’मा नेपालको प्रतिनिधित्व मुना गौचनले गर्ने भएकी छन् । मंगलबारबाट सुरु हुने प्रतियोगिताका लागि उनी बिहान ८ बजे इजिप्ट उडेकी छन् ।

६० देशका इको सुन्दरीको सहभागिता रहने प्रतियोगिताका लागि यो सिजनको उनी एक्लो प्रतिनिधि हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रिन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रम आयोजना गरी उनलाई केही समयअघि ‘मिस इको इन्टरनेसनल नेपाल २०१९’को ताज लगाउँदै प्रतिनिधि चयन गरेको थियो।

गौचन नेपालको पाँचौं सहभागी हुन् । यसअगाडि प्रतियोगितामा प्रिन्सा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य र गत वर्ष मौनता लामाले भाग लिएका थिए । करिब दुई दर्जन आकर्षक पहिरनसहित उनी प्रतियोगितामा सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाका सीईओ प्रवीण लाकौलले बताए।

नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मिस इको राम्रो प्लेटफर्म भएको गौचनले बताइन् । ‘नेपाली ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको पहिचान सहितको डकुमेन्ट्री लिएर प्रतियोगितामा सहभागी हुन लागेकी छु’, उनले भनिन्।

प्रतियोगिताको शीर्ष उपाधि नेपाल भिœयाउने विश्वासका साथ गौचनलाई आफूले इजिप्ट पठाएको ग्रिन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन् । ‘आवश्यक विभिन्न प्रशिक्षणसहित गौचन त्यसतर्फ उडेकी हुन्’, श्रेष्ठले थपिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *