गुरुदत्त न्यौपाने/सिओल
कोरोना महामारी का कारण विगत २ बर्षदेखी बन्द भएको लेट नाईट सार्वजनिक यातायात सेवा दक्षिण कोरियाले सामाजिक दुरीका नियम खुकुलो गरेसंगै पुन: सुचारु हुने सियोल महानगर सरकारले बताएको छ।
सियोल सरकारले शनिवार आईतबार बाहेकका दिनमा दैनिक सव वे सन्चालनको समय तालिका विगतमा १२ बजेसम्म मात्र भएकोमा अवदेखी १ बजेसम्म सुचारु हुनेगरी सन्चालनमा ल्याउने तयारी गरेको छ।आगामी जुन महिनाबाट लागु हुनेगरी तयारी गरिरहेको सियोल महानगर सरकार लाई उदृध गर्दै कोरियाली सन्चार माध्यमले बताएका छन।
दक्षिण कोरियाली सरकारले सामाजिक दुरी सम्बन्धी सम्पुर्ण प्रतिबन्ध फुकुवा गरेसंगै रातको समयमा मानिसहरुको चहलपहल बढेकाले सार्वजनिक यातायात उपलब्धता नहुँदा ट्याक्सीको माग बढदै गएपछी ट्याक्सी उपलब्धता नभएर मानिसहरुले सास्ती भोग्नुपरेपछी सियोल सरकारले सार्वजनिक यातायातलाई मध्यरात १ बजेसम्म सुचारु गर्ने निर्णय गरेको हो।
गत २ बर्ष पहिले दक्षिण कोरियामा कोभिड-१९ सङ्क्रमण चरम उत्कर्षमा आएपछी २०२० अप्रिल १ तारिखदेखी सियोल सरकारले सार्वजनिक यातायातका साधन हरु अवेर रातीसम्म चल्न बन्द गरेको थियो।त्यसताका कोरोना सङ्क्रमण उच्च भएपछी सार्वजनिक यातायातका साधन प्रयोगकर्ताको सङ्ख्या ३०% ले कमी आएको थियो।
कोभिड १९ को कारण रोकिएको राजधानीको रात्री बस सेवा सोमबार देखी सुचारु हुने बताईएको छ।राजधानी सियोलका ११ प्रमुख स्थानहरुबाट ईन्ट्रा सिटी रुटका बसहरु सोमबार देखी अन्तिम बस राती १ बजेसम्म सुचारु हुनेछन।
कोरियाली सरकारले सामाजिक दुरीका नियम खुकुलो गराएसंगै राती अवेर सम्म रेस्टुरेन्ट तथा पव हरुमा बसेर झुम्ने रमाईलो गर्नेहरुको सङख्या ह्वात्तै बढेपछी ट्याक्सीको अभाव भएको थियो।नागरिकहरुले यातायात असहजताको आलोचना गरेपछी सरकारले सार्वजनिक यातायात सेवा अवेर राती सम्म सन्चालन गर्ने निर्णय गरेको हो।