सियोल
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले छिट्टै चीनको व्यापारिक शहर ग्वाझाउ र नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य दक्षिण कोरियाको सिओलमा नियमित उडान गर्ने भएको छ ।
निगमले संस्थामा कार्यकारी अध्यक्ष युवराज अधिकारीले जिम्मेवारी सम्हालेपछि का ७ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै सो कुरा घोषणा गरेको हो ।
निगमले यही बैशाख ९ गतेदेखि नेपाली श्रमिकहरुको गन्तव्य रहेको साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गरेको छ । रियादमा हप्तामा २ उडान राखिएको छ । निगमले गत फागुन २२ गते साउदी अरेबियाको रियाद, जेद्दा र दमाममा उडानको अनुमति पाएको थियो ।
निगमले सार्वजनिक गरेको ११ पृष्ठको २६ बूँदे प्रगति विवरणमा कोरोना संक्रमणको प्रतिकूल अवस्थामा पनि वित्तीय अवस्थामा भएको सुधार, आन्तरिक र बाह्य गन्तव्य विस्तार, भएका गन्तव्यमा नियमित सेवा सञ्चालन, निगममा अपनाइएको नयाँ रिजर्भेसन र टिकेटिड. पद्धति, निगमको प्राविधिक जनशक्ति विकास, नयाँ ह्यांगर निर्माण र नयाँ जहाज खरिद योजना, निगमको आम्दानी तथा कर्जाको अवस्था,निगमका जहाजहरुमा लिथियम ब्याट्री लगायतका सामग्री भएका खतराजन्य सामानमो सूचीमा पर्ने तर यात्रु र बिमानको सुरक्षामा असर नगर्ने पदार्थको ढुवानी गर्न पाउने प्रमाणपत्र प्राप्ती, नयाँ लेखा पद्धति,आइकाओ अडिट,विदेशी एअरलाईन्ससंगको एसपीए संझौता, भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि गरिएका प्रयासहरुको बारेमा जानकारी दिएको छ ।
नेपाल वायुसेवा निगममा आफ्नो उर्बरसमय दिएर निर्देशक पदबाट अवकाश प्राप्त गर्नुभएका युवराज अधिकारीलाई नेपाल सरकारले २०७८ कार्तिकमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नेतृत्व सम्हाल्ने जिम्मेवारी सुम्पेको थियो ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल र केही सञ्चालकहरुलाई संस्थाको हितविपरित संलग्न भएको आरोप कर्मचारीहरुले निगममा छिर्नै नदिएको प्रतिकूल अवस्थामा पनि अधिकारीले संयमतापूर्वक कर्मचारीलाई सम्हालेर डुब्न लागेको निगमलाई जोगाउन प्रयास गरिरहनुभएको छ ।
उहाँले निगमको शक्तिको रुपमा रहनुभएका कर्मचारी साथीहरुको सहयोगमा आन्तरिक सुधारमा आशातित सफलता हासिल भएको बताउनुभएको छ ।
निगमले सार्वजनिक गरेका सुधारहरु यसप्रकार छन् :