गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियाको ह्वासाङ्ग तथा आसपास मा रहने नेपाली हरुलाई लक्षित गरी लामो समयदेखी ह्वासाङ्ग श्रेत्रमा कृयाशिल नेपालीहरुको सामाजिक संस्था ह्वासाङ्ग नेपाली परिवार दक्षिण कोरियाले पुल टुर्नामेन्ट आयोजना गर्ने भएको छ।
आउदो जुन महिनाको ५ तारिखका दिन हुने उक्त टुर्नामेन्ट कोरियामा रहेर फुर्सदको समयमा पुल खेल्नेहरुका लागी लक्षित गरिएको संस्थाका अध्यक्ष कमान सिँह राईले जानाकारी दिए।
ह्वासाङ्गमा लामो समयदेखी संचालित नेपाली रेस्टुरेन्ट लालिगुराँस रेस्टुरेन्ट मा हुने उक्त प्रतिस्पर्धात्मक टुर्नामेन्ट मा सहभागी हुन ईच्छुक नेपालीहरुलाई आग्रह गरिएको छ।
दर्ता शुल्क ६०,००० वोन कायम गरिएको टुर्नामेन्टमा पहिलो हुने लाई १० लाख वोन र दोस्रो हुनेलाई ५ लाख वोन पुरस्कारको व्यावस्था गरिएको संस्थाकै कृयाशिल व्याक्तित्व सजना सुव्वा याक्सोले एक भिडियो सुचनामा बताएकी छन।
दर्ता गर्नको लागी ०१०- ५१२०-८१६४ नम्बरमा सम्पर्क गरी आफ्नो टिम दर्ता गर्न सकिने संस्थाका सचिव मनोज गुरुङले कान्तिपुर प्रेस संगको संवादमा बताएका छन।