‘पाँच-स ‘ दक्षिण कोरिया द्वारा नेपाल बाट ल्याईएको बुद्दमुर्ती आनसान को ‘नेपाली साँस्कृतिक घर तथा साझा मन्दिर’ मा स्थापना !

मुख्य समाचार

आनसान/दक्षिण कोरिया

कोरियामा क्रियाशिल नेपालीहरुको संस्था सनातन, साहित्य, संगित, साधना समुह ‘‘पाँच स’’द्वारा बुद्द जयन्ती को अवसरमा दक्षिण कोरियाको आनसान सहर स्थित ‘साझा मन्दिर (साँस्कृतिक घर ) तथा आनसान नेपाली पुस्तकालयमा नेपाल बाट ल्याईएको बुद्द मुर्ती स्थापना तथा साझा मन्दिर स्थापनार्थ चलाईएको अभियान मा सहयोग गर्नुहुने सहयोगीहरुलाई सम्मान साथै विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

सम्मान पश्चात सामुहिक तस्विर

दक्षिण कोरियाको व्यस्त सहर आनसान स्टेसन बाट १० मिनेटको दुरीमा कोरोना मैत्रीपूर्ण बातावरणमा एक कार्यक्रमका विच साझा मन्दिर तथा साँस्कृतिक घर मा ‘बुद्द प्रतिमा स्थापना,सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।

बुद्द मुर्ती स्थापना साझा मन्दिरमा

प्रवासमा रहेर पुर्विय कला र संस्कृति को संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा लामो समयदेखी क्रियाशिल रहँदै आएको सस्था ‘पाँच स’ ले गत बर्ष आनसानमा नेपाली पुस्तकालय स्थापना साथै संस्थाद्वारा प्रवासमा नेपालीहरुलाई विशेषगरी चाडपर्वमा आफ्नो भगवानको दर्शन गर्न वन्चित हुन नपरोस भन्ने हेतुले सबैलाई समेटने उद्देश्यका साथ साझा मन्दिर तथा साँस्कृतिक घर स्थापना गरेको थियो।

‘बुद्द प्रतिमा स्थापना,सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम’ संस्थाका अध्यक्ष कमल भण्डारीको सभापतित्वमा सन्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा पाँच स सल्लाहकार साथै सामाजिक व्याक्तित्व मोहन कार्की, विशेष अतिथिमा कोरियामा सन्चालित विदेशी श्रमिकका हक हित समस्या को आवाज बोल्ने दान वन एफ एम कि सन्चालिका 저원주, अतिथिमा सस्थाका प्रमुख संरक्षक एकराज दाहाल,संरक्षकहरु प्रेमराज अधिकारी र लोकराज न्यौपाने,सहृदयता अन्तरास्ट्रिय केन्द्र दक्षिण कोरिया उपाध्यक्ष मनोज भुषाल,दान वन एफ एम कि प्रस्तोता मुना मिस,एनआरएनए ख्यङ्गी प्रान्त अध्यक्ष पुरुषोत्तम गौतम ,सोनसिक दक्षिण कोरिया अध्यक्ष दिर्घराज जोशी,पत्रकार महासंघ दक्षिण कोरिया का वरिस्ठ उपाध्यक्ष किशन गौतम,राप्ती समाज दक्षिण कोरियाका अध्यक्ष तथा सामाजिक व्याक्तित्व ओमलाल ओली,झापा समाज दक्षिण कोरियाका प्रतिनिधि,जेवी बैङ्क प्रतिनिधि तथा सामाजिक व्याक्तित्व कमला साउद लगायत थुप्रै दिग्गज व्याक्तित्वहरुको उपस्थिति रहेको थियो।

नेपाली साझा मन्दिरको अबधारणा अनुरुप सम्पुर्ण धर्मको प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यताका साथ बुद्द मुर्ती नेपाल बाट ल्याई बुद्दको प्रतिमालाई साझा मन्दिरमा स्वस्ति बाचन तथा विभिन्न मन्त्रोच्चारण सहित प्राण प्रतिस्ठा गरिएको थियो।कार्यक्रमको उदघाटनका क्रममा प्रमुख अतिथी सामाजिक व्याक्तित्व तथा सस्थाका सल्लाहकार मोहन कार्की लगायत कोरियामा सन्चालित विदेशीहरुको एफ एम दान वन का प्रतिनिधि लगायत अन्य दिग्गज व्याक्तिहरु मार्फत दिप प्रज्वलन सहित मन्दिरमा बुद्द प्रतिमा अनावरण गरिएको थियो।

दिप प्रज्वलन सहित बुद्द मुर्ती अनावरण गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि मोहन कार्की

साथै साझा मन्दिर स्थापना गर्नको लागी गत बर्षको विजयादशमी को अवसर पारेर एक भव्य टिका जमरा कार्यक्रमका विच एक महिना साझा मन्दिर स्थापनार्थ चलाईएको अभियानमा सहयोग गर्नुहुने कोरियाबाशी नेपालीहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मोहन कार्कीले प्रवासमा रहेर पनि आफ्नो कला,संस्कृती को संरक्षण मा लाग्नुहुने सम्पुर्णलाई धन्यबाद व्यक्त गर्नुभएको थियो।कोरियामा साझा मन्दिर स्थापना विल्कुलै नयाँ तथा गौरव तथा पवित्र कार्य भएकोले यो पवित्र काममा आफुले खुलेर सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष गुरुदत्त न्यौपाने ले स्वागत मन्तव्य दिदै विगतमा साथ सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यबाद व्यक्त गर्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरेको बताउनुभयो।

सस्थाका संरक्षक एक राज दाहाल ले पाँच स को विगत देखी वर्तमान सम्मको ईतिहास र सङ्घर्ष लगायत बुद्दको महत्व र बुद्दले सिकाएका ज्ञान का विषयहरुमा प्रकास पार्नुभएको थियो।

नियुक्ति पत्र ग्रहण पश्चात सस्थाका पदाधिकारी हरु

संस्थाका उपाध्यक्ष नरेस मेहता ले साझा मन्दिर तथा लाईव्रेरी व्यावस्थापन तथा भावी रणनिती का बिषयमा प्रकाश पार्नुभएको थियो भने संरक्षक प्रेमराज अधिकारी तथा लोकराज न्यौपाने ले कार्यक्रम का बिषय तथा कार्यक्रम सफल पार्न खटनुहुने सबैप्रति धन्यबाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रमका बिच बिचमा बिभिन्न साहित्यिक रचना बाचन तथा संस्कृती झल्काउने नाचगान ले कार्यक्रमलाई थप मनोरन्जन प्रदान गरेको थियो।कार्यक्रममा बिभिन्न अतिथीहरुले आ आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

साँस्कृतिक नृत्य प्रदर्शन गर्नुहुँदै सस्थाकी पदाधिकारी शोभा अर्याल

कार्यक्रमका प्रमुख अतिथी मोहन कार्की तथा सभापति कमल भण्डारी ले साझा मन्दिर स्थापनार्थ अभियानमा सहयोग गर्नुहुने सहयोगी हरुलाई सम्मान पत्र वितरण गर्नुभएको थियो।

पाँच स दक्षिण कोरियाका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति कमल भण्डारीले बुद्द प्रतिमाको स्थापना तथा विगत को अभियान को अनुभव को बिषयमा प्रकाश पार्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।कार्यक्रमको सन्चालन सस्थाका महासचिव श्याम अर्यालले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *