दक्षिण कोरियाले आउदो जुन १ तारिख देखी प्रतिबन्धित भिजिट पुन: सुचारु गर्ने !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

कोरोना महामारीको कारण विगत २ बर्षदेखी ९० दिने भिजिट भिषा तथा ई भिषा आवेदन पुन: सुचारु गर्ने तयारी गरेको छ।दक्षिण कोरियाली सरकारले आउदो जुन १ तारिख देखी भिजिट भिषा प्रतिबन्ध फुकुवा गर्ने भएको हो।

दक्षिण कोरियाले लगभग सबै कोभिड-१९ सामाजिक दूरी प्रतिबन्ध हटाएपछि आन्तरिक उपभोग बढाउन र पर्यटन उद्योगहरूलाई बलियो बनाउन थप विदेशी पर्यटक भित्र्याउने उद्देश्यले यो निर्णय गरिएको न्याय मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियाली सरकारले २ बर्षअघी कोभिड १९ सङ्क्रमण रोकथाम,नियन्त्रण तथा सामाजिक दुरी सम्बन्धी नियम जारी गरेसंगै छोटो अबधीको ९० दिने भिजिट भिषा ( C-3) जारी गर्न प्रतिबन्ध लगाएको थियो।छोटो अबधीको पर्यटकिय भिषा जसले ९० दिनको लागी पर्यटक,कोरियामा रहने विदेशीका आफन्त हरुलाई कोरिया प्रवेश गर्न अनुमति दिन्छ।

विगत २ बर्ष यता कोरोना महामारीका कारण अत्यावश्यकिय कुटनीति,सरकारी मामिला र अन्य प्रकारका मानविय कारणका लागी मात्र जारी गरिएकोमा जुन १ तारिख देखी भने पहिलेकै अवस्था अनुरुप भिषा आवेदन सहज गर्न लागेको हो।

उत्कृष्ट प्रतिभा भएका विदेशी,कलाकार,वा समूह पर्यटकका लागि अनलाइनबाट ई-भिसा जारी समेत गर्न सकिने मन्त्रालयले जनाएको छ।

“विदेशी पर्यटकको आगमनले घरेलु मागलाई बढावा दिनेछ र पर्यटन उद्योगहरूलाई बलियो बनाउनेछ, जसले अन्ततः थप रोजगारी सिर्जना गर्न र विदेशी प्रतिभालाई आकर्षित गर्न मद्दत गर्नेछ,” नाम नखुलाउने शर्तमा मन्त्रालयका एक अधिकारीले भने।

यस संगै लामो समय आफ्नो घर फिर्ता हुन नपाएका विदेशी नागरिकहरुले आफ्ना आफन्त हरुलाई ९० दिनको लागी स्पोन्सर गरी कोरिया बोलाउन सक्नेछन।यधपि स्पोन्सर भने कोरियन नागरिक,कोरियन नागरिकता लिएका विदेशी,पिआर लिएका विदेशीहरुले बाहेक अन्य विदेशी कामदारले गर्न सक्ने छैनन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *