६ राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन ,कोरियाले अझै कुर्नुपर्ने

मुख्य समाचार

काठमाडौं

संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ जना राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेको छ । बुधबार बसेको समितिले सुनुवाइ गर्दै प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको हो भने मंगलबार दुई जनाको नाम अनुमोदन भएको छ ।

सरकारले सिफारिस गरेका राजदूतमा अनुमोदित हुनेमा खाडी मुलुक ओमानमा सफल कार्यकाल पुरा गरेर आएकी शर्मिला पराजुली ढकाललाई स्पेनका लागि चयन भएकी छन् ।

त्यसैगरी अनुमोदित हुने राजदूतहरूमा मिलन तुलाधर (रुस), डिल्लीराज पौडेल (मलेसिया) र कान्ता रिजाल (इजरायल) रहेका छन् । उनीहरुलाई सरकारले एक महिनाअघि नै राजदूतमा सिफारिस गरेको थियो । सरकारले २० जनालाई राजदूतमा सिफारिस गरेकोमा ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेको छ ।

समितिले मंगलबार चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम पनि अनुमोदन गरिसकेको छ । अब १४ जना राजदूतहरुको संसदीय सुनुवाइ बाँकी रहेको छ ।

प्रस्तावित राजदूतको नाम संसदीय समितिले अनुमोदन पश्चात उनीहरुको सम्बन्धित देशबाट अग्रिमो (स्वीकृति) आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *