उत्तर कोरियामा ३.८ म्याग्निच्युडको भूकम्प,दक्षिण कोरियामा समेत धक्का महशुस !

कोरिया जानाकारी

सोल-उत्तर कोरियाली राजधानी प्योङयाङ नजिकै ३.८ म्याग्निच्युडको भुकम्प गएो छ । सो भुकम्प राजधानी प्योङयाङबाट करिव ३७ कि मी उत्तर पश्चिमको एक शहरी क्षेत्रमा गएको दक्षिण कोरियाली मौसम तथा भुगर्भ विभागले जनाएको छ । स्थानीय समय अनुसार बेलुका करिव ७:४५ बजे सो भुकम्प गएको विभागले जनाएको छ । उत्तर कोरियामा भुकम्पका स-साना धक्का प्राय गइरहने पनि विभागले जनाएको छ ।

प्राकृतिक रुपमै भुकम्प गएको हुन सक्ने उक्त भुकम्पको सुरुको मापनमा ४.० म्याग्निच्युड भनिए ता पनि पछि सच्याएर ३.८ बनाइएको थियो । भुकम्पमा केही क्षति भए नभएको भन्ने बारे कुनै समाचार बाहिरिएका छैनन् । यता दक्षिण कोरियाले भने उत्तर कोरियामा गएको भनिएको उक्त भुकम्प बारे सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ ।

यसअघि पनि उत्तर कोरियाले आणविक परिक्षण गर्दा ४.२ म्याग्निच्युड सम्मका भुकम्पका धक्का महसुस गरिएका थिए । विगतका कृयाकलापहरुका आधारमा आज गएको भुकम्प बारे पनि यकिन भन्न नसकिने र उसले परीक्षण गरेको पनि हुन सक्ने दक्षिण कोरियाली विज्ञहरु बताउदछन् ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *