चीनद्वारा नेपाललाई ४० हजार कोरोना टेस्ट किटसहित स्वास्थ्य सामग्री सहयोग

समाचार

काठमाडौं– चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरस (कोभिड १९) उपचार, नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार स्वास्थ्य मन्त्रालय पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् । चीनले पछिल्लोपटक उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरुमा

४० हजार थान पीसीआर टेस्ट किट, २० हजार थान एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क र १० हजार थान डिस्पोजेवल पिपिई छन् । स्वास्थ्य सामाग्री लिँदै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आपतको समयमा सहयोग गरेकोमा चीन सरकारलाई धन्यवाद दिएका थिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले

चीन सरकारले सहयोग गरेको स्वास्थ्य सामाग्रीहरु आवश्यकता अनुसार कोरोना संक्रमित क्षेत्रमा पठाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *