उत्तर कोरियाले ब’न्धक बनाएको अमेरिकी बिद्यार्थीलाई २३ मिलियन डलर क्षतिपुर्ति दिन आदेश

कोरिया जानाकारी

सोल-संयुक्त राज्य अमेरिकाको वासिङ्टन जिल्ला अदालतले त्यहाँका विभिन्न तीन बैंक खातामा जम्मा रहेकाे उत्तर कोरिया फन्डको करिव २३ मिलियन डलर रकम ओट्टो वार्मवियरको परिवारलाई हस्तान्तरण गर्न आदेश दिएको छ ।

ओट्टो अमेरिकी बिद्यार्थी थिए र उनी उत्तर कोरियामा पक्राउ परेका थिए । लामो समय पश्चात उनलाई उत्तर कोरियाले फिर्ता गरेता पनि उनको मृत्यु भईसकेको छ ।

अमेरिकी समाचार संस्था भ्वाइस अफ अमेरिकाका अनुसार अमेरिकामा रहेका वेल्स फार्गो, जेपी मोर्ग्यान चेज तथा द बैंक अफ न्युयोर्क मेलनमा रहेका उत्तर कोरियाली सम्पत्ति सार्वजनिक गर्दै ओट्टो परिवारलाई दिन अदालतले आदेश दिएको हो ।

ओट्टोको मृत्युमा उत्तर कोरिया जिम्मेवार रहेको भन्दै उनका बुबा आमा फ्रेड तथा सिन्डी वार्मवियरले क्षतिपुर्ति पाउने माग सहित अदालतमा मुद्दा दायर गरेका थिए । उनीहरुले किम शासनको विश्वभर रहेको ५०० मिलियन डलर जफत गरि ओट्टो परिवारलाई दिन पनि माग गरेका छन् ।

यस अघि सन् २०१८ मा नै अमेरिकाको संघिय अदालतले उत्तर कोरियालाई ओट्टोलाई गैर कानुनि बन्दक बनाएको तथा हत्या गरेको आरोपमा वार्म वियर परिवारलाई ५०० मिलियन अमेरिकी डलर क्षतिपुर्ति दिन आदेश दिएको थियो ।

उत्तर कोरियाबाट सो क्षतिपुर्ति आउन असम्भव प्राय भएपछि ओट्टो परिवार उत्तर कोरियाका विभिन्न देशमा रहेका फ्रोजन सम्पत्तिबाट उक्त रकम असुल्ने नीतिमा रहेका छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *