दक्षिण कोरियामा क्वारेन्टाइन नियम नमान्ने बिदेशीलाई ३० लाख वोन जरिवाना हुने

कोरिया आज

सोल -दक्षिण कोरियाली सरकारले कोरोना संक्रमण पश्चात संक्रमण नियन्त्रणका लागि निर्देशिका बनाएको छ ।

उक्त निर्देशिकामा क्वारेन्टाईन सम्बन्धि नियमहरु बनाइएको छ जो कोरिया भ्रमण गर्ने सम्पुर्ण मानिसहरुमा लागु हुन्छ ।

नियम अवज्ञा गर्नेलाई निश्चित रकम जरिमाना समेत गर्दै आएकोमा केही विदेशी नागरिकहरुले भने अझै पनि अवज्ञा गर्दै संक्रमण फैलाउन सक्ने सम्भावना बढेका कारण सरकारले जरिमानालाई अझ कडा बनाएको छ ।

दक्षिण कोरियाली न्याय मन्त्रालयका अनुसार क्वारेन्टाइन नियम उल्लङ्घन गर्ने विदेशी नागरिकलाई ५ लाख वन जरिवाना गरिदै आएकोमा हाल त्यसलाई बढाएर ३० लाख वन अर्थात करिव २५०० अमेरिकी डलर पुर्याएको छ । यसका साथ साथै उनीहरुलाई देश निकाला समेत गरिने सरकारले जनाएको छ ।

हालको परिस्थितिमा क्वारेन्टाईन नियम मान्नु सबैका लागि अपरिहार्य रहेको बताउदै कोरोना रोकथाम गर्ने सरकारी अभियानमा बाघा पुर्याउने सबैलाई कारवाही गरिने पनि मन्त्रालयले जनाएको छ ।

कोरियाली नागरिकको हकमा भने १० लाख वन जरिमाना र एक बर्ष कैद तथा दुबै सजाय हुन सक्ने छ । मन्त्रालयका अनुसार हाल अप्रिल महिना भर मात्र १८ जना विदेशी नागरिक कारवाहीमा परेको र उनीहरुलाई देश निकाला गरिएको पनि जनाएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *