रुपन्देहीका एउटै परिवारका ९ जना संक्रमित

समाचार

बुधवार थपिएका रुपन्देहीका ९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाको एकै परिवारको भएको खुलेको छ । उनीहरु एक हप्ता अघि भारतको मुम्बईबाट आएका थिए । उनीहरु तीन महिला र ६ जना पुरुष छन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् । उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् ।

उनीहरु घर आउँदै गरेको थाहा भएपछि स्थानीयबासीले जोगडा माविको क्वारेन्टाइनमा ल्याएर राखेका गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए ।नेपालमा कोरोना संक्रमणको दर: १ बाट २ पुग्न -६० दिन ,पहिलो संक्रमण भेटिएको ९ माघ पछि दोस्रो संक्रमण चैत ९ मा पत्ता लागेको थियो ।

फ्रान्सबाट फर्केकी १९ वर्षीया काठमाडौं मैतिदेवीकी ति किशोरी ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् । २ बाट ५० जना पुग्न -१ महिना ४ दिन, ५० बाट १०० पुग्न -११ दिन, १०० बाट १३४ पुग्न -४ दिन, १३४ बाट २१७ पुग्न -१ दिन, अब,सोचौं, अमेरिकामा १ हजार २ सय ५१ संक्रमित भेटिएपछि मात्र मृत्यु सुरु भएको हो । सचेत बनौं,सजग बनौं,घरमै बसौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *