कोरियामा रोजगारी गुमाउनेको संख्या २ दशक यताकै उच्च

कोरिया जानाकारी

दक्षिण कोरियामा गत अप्रिलमा ४ लाख ७० हजार भन्दा धेरै रोगागारी गुमेको छ l कोभिड-१९का कारण बिभिन्न ब्यावसायीक कम्पनि हरुमा कामदारको माग न्यून हुन थालेपछी गत महिना मात्र उक्त संख्यामा रोजगारी गुमेको हो lयसरि रोजगार गुमाउनेमा अधिकांस अस्थाई तथा पार्ट टाइम कामदारहरु छन् l बिशेषगरि होलसेल तथा खुद्रा व्यावसय, होटेल , पर्यटन ,शिक्षा सेवा आदि

ठाउहरुमा अत्यधिक रुपमा रोजगारी गुमेको छ l उक्त स्थानहरुमा सामाजिक दुरी तथा लकडाउन आदिका कारण रोजगारी गुमेको हो lत्यस्तै अन्तरिक तथा बाह्य निर्यातमा कमि आएपछि उत्पादनमुलक कम्पनीहरुमा पनि अत्यधिक रुपले रोजगारी घटेको छ lकोरिया तथ्यांक विभागका अनुसार गत महिना मात्र ४ लाख ७६ हजारले रोजगारी गुमाएका छन् l

जुन संख्या सन् १९९९ पछिको सबैभन्दा बढी हो lरोजगारी गुमाउनेमा १५ देखि २९ बर्षका युवा ४०.९ प्रतिशत अर्थात २ लाख ४५ हजार छन् l सबैभन्दा धेरै २ लाख १२ हजार रोजगारी होटेल तथा रेस्टुरेन्ट व्यावसायमा गुमेको छ lयद्यपी सरकारले भने आगामी २ हप्तामा न्यून आय भएका जनताको निमित्त ५ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने बताएको छ lहेल्लो नेपाल कोरिया डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *