कोरियामा ठुला कम्पनीहरुका १० हजार भन्दा बढी कामदारले गुमाए रोजगार

कोरिया जानाकारी

दक्षिण कोरियाका प्रमुख कम्पनीहरुले १० हजार भन्दा बढी कामदारहरु कटौती गरेका छन् । कोरोना भाइरस(कोबिड – १९) महामारीका कारण फेब्रुअरी र मार्चको बिचमा मात्रै देशको ठुलो कम्पनीहरुले १० हजार भन्दा बढी कामदारहरु कटौती गरिएको जनाएको छ ।सिईओ स्कोर(CEO Score) नामक ब्यापारीक कन्सल्टेन्सीले गत हप्ता प्रकाशित एक तथ्यांक अनुसार कोभिड – १९ का कारण

सिर्जना भएको आर्थिक मन्दीको सामान गर्ने रणनीति अन्तर्गत ठुलो कम्पनीले यसरी कामदार कटौती गरिएको जनाएको छ । कोरोना कहरबाट कोरियामा बढी मात्रामा खुद्रा, वितरक र खाद्य तथा पेय पदार्थको कम्पनीहरु प्रभावित भएका छन् ।सिईओ स्कोरले ५ सय भन्दा बढी शिर्ष कम्पनीहरुको राज्य पेन्सन सदस्यता डाटामा

आधारित तथ्यांक प्रकाशित गरेको हो । एक भन्दा बढी कोरियाली कर्मचारी भएका कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई निवृत्तिभरणको लागि बाध्य पारेको जनाएको छ । प्रकाशित उक्त तथ्यांक अनुसार ५ सय कम्पनीहरुमा काम गर्ने कामदारको संख्या मार्च ३१ मा १६ लाख ४४ हजार ७ सय अठसठ्ठी छ । यो संख्या जनवरीको भन्दा दश हजार ८ सय चवालीसले कमी हो ।

तर इपिएस मार्फत आएको प्रवासी मजदुरहरु भने कुनै कम्पनीबाट अहिलेसम्म निस्कासनमा नपरेको प्रवासी मजदुर संगठन(एमटियु)का अध्यक्ष उदय राईले जानकारी दिए । ‘प्रवासी मजदुर साथीहरु निष्कासनमा परेको आधिकारिक समाचार मैले अहिले सम्म पाएको छैन । तर कोरोनाको प्रभावले अर्थतन्त्रमा निकै प्रभाव पारेकाले कम्पनीमा काम भने पहिलेको भन्दा घटेको छ ।’ राईले भने ।

साथै बेरोजगारको संख्या वृद्धि हुने देखेपछि बढी उमेर भएका कोरियन कामदारहरुलाई स्वैच्छिक अवकाशको निति सरकारले लिएको अध्यक्ष राइले जानकारी दिए ।यी १० कम्पनीहरूले सबैभन्दा धेरै मात्रामा कामदार कटौती गरे:CJ CGV (चलचित्र थिएटर फ्रैंचाइजी): २३३१,सीजे फूडभिल (रेस्टुरेन्ट फ्रन्चाइजी): १६२९,स्टारबक्स कफी कोरिया: ८५९,लोटे सपिङ : ८२७,डुसान हेभी इंडस्ट्रीज: ६७८,डाइसो (दैनिक आवश्यकता स्टोर फ्रेंचाइजी): ६२०,कोरिया एक्सप्रेसवे निगम: ५७३,जी एस रिटेल: ५२८,कोरियन एयर: ४७०,कारनिंग इन्कर्पोरेट : २३९ फोनिज कोरिया डट नेटमा बिमल दोङ लामाको रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *