कोरिया सरकारले बेरोजगारी समस्या समाधान गर्न १५ लाख बढीलाई रोजगार दिने

कोरिया जानाकारी

सोल-कोरोना संक्रमणका कारण दक्षिण कोरियाको रोजगार व्यवस्थामा पनि व्यापक असर परेको छ ।

सन् १९९९ यताकै चरम बेरोजगारीको समस्या हाल दक्षिण कोरियाले भोगिरहेको छ । समाचारहरुका अनुसार कोरियाका ५ लाख बढीले प्रत्यक्ष रोजगार गुमाइसकेका छन् ।

सरकारले भने सो समस्यालाई सम्बोधन गर्नका लागि करिव १५ लाख ६० हजार बढीलाई रोजगार दिने महत्वकांक्षि योजना सहित अगाडी बढेको छ ।

अर्थमन्त्री होङ नाम कीका अनुसार सरकारले रोजगार बजारलाई व्यवस्थापन गरि पुन: रोजगारीका अवसरहरु सृजना गर्न सरकार तल्लिन भएर लागेको बताएका छन् ।

सार्वजनिक क्षेत्रका करिव १० लाख रोजगार कोरोना भाइरसबाट बच्न अपनाइएको सामाजिक दुरीका कारण सुचारु गर्न नसकिएको पनि अर्थ मन्त्री होङले बताएका छन् ।

कोरोनाको असर कम हुने बित्तिकै सरकारले ति कामहरु सुचारु गर्ने उनले बताएका छन् । रोजगार कार्यक्रम अन्तरगत नै ५ लाख ५० हजार युवाका लागि अर्को रोजगारको प्याकेज सार्वजनिक गरिन लागिएको पनि उनले बताएका छन् ।

अर्थमन्त्रीका अनुसार सरकारले कोरोना संक्रमणबाट प्रभावित सम्पुर्णलाई सहयोग गर्न विशेश प्याकेज अगाडी बढाएको पनि बताएका छन् । निजी क्षेत्र तथा स्वतन्त्र मजदुर र कर्मचारीको जिवनस्तर सुधार्नका लागि समेत सरकारले विशेश प्याकेज सार्वजनिक गर्न लागेको उनले बताएका छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *