कोरियामा बिगत ७ बर्ष देखि कार्यरत एक नेपाली सुतेकै अबस्थामा मृ’त फेला

कोरिया जानाकारी

दक्षिण कोरियामा रात्रि कालिन काम सकेर बिहान सुतेका एक नेपाली सुतेकै अबस्थामा मृ’त फेला परेका छन् l इपिएस मार्फत कोरिया आइ बिगत ७ बर्ष देखि ख्वाङ्जु स्थित एक कम्पनीमा कार्यरत स्याङ्जाका खड्का बहादुर थापाको सुतेकै अबस्थामा मृ’त्यु भएको सियोल स्थित नेपाली दुतावास श्रोतले बताएको छ lरात्रीकालिन काम सकेर बिहान ९ बजेतिर एक्लै सुतेका उनि साझ ड्युटी

जानेबेलासम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीहरुले हेर्न जाँदा मृ’त अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।३३ बर्षिय अबिबाहित थापा कोरियाको पहिलो कार्यकाल अर्थात ४ वर्ष १० महिना पूरा गरेर फेरि दोश्रो कार्यकालका लागि कोरिया आएका थिए l उक्त कम्पनीमा उनि सहित ५ जना नेपाली कामदार थिए l

सियोल स्थित नेपालि दुतावासले घटनाको पुष्टि गरेको छ l घटना बारे आधिकारिक जानकारी आएको छ, प्रक्रिया पुर्याएर शव नेपाल पाठाउने तयारि हुदै छ ” श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताउनु भयो l” सुतेकै अबस्थामा के कति कारणले उनको निधन भयो भन्ने वारेमा बिस्तृत छानबिन गरिने बताउनु भयो l

कोरियामा सुतेकै अबस्थामा नेपालीको मृ’त्यु भएको यो पहिलो घटना भने होइन l यस्ता घटना दर्जनौ पुगिसकेका छन् l सुतेकै अबस्थामा के कति कारणले मृ’त्यु भयो यो बारेमा न त कोरियन प्रहरीले नै बिस्तृत छानबिन गर्दछ न त नेपाल सरकारले नै त्यति चासो देखाउछ l यस्ता घटना प्रति सम्बन्धित निकाय गम्भीर भएर बिस्तृत छानबिन गरि कारण पत्ता लगाउन सके अरुलाई पनि सुरक्षित हुन सहज हुने देखिन्छ lहेल्लो नेपाल कोरिया डटकममा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *