गुरुदत्त न्यौपाने /सउल
दक्षिण कोरियाको सउल महानगरपालीका ले मे १३ तारिखदेखी सउल सव वे मा यात्रा गर्ने सबै नागरिकलाई अनिवार्य रुपमा फेश मास्क लगाउनुपर्ने बाध्यात्मक नियम लागु गरेको छ।
सउल सहर सरकारका अनुसार सव वे मा यात्रा गर्ने यात्रुले यदी मास्कको प्रयोग नगरेमा उनीहरुलाई टिकट नदिने साथै यात्रा प्रतिबन्ध गर्ने बताएको छ।
ट्रेन भिडभाड भएको समयमा यदी कसैले मास्क प्रयोग नगरी यात्रा गरेको छ भने तुरुन्त उक्त व्याक्तीलाई स्टेशनमा भएको मास्क भेन्डीङ्ग मेशिन तथा कन्भेनियन्स स्टोर्स (फ्यनउईजम) मा मास्क किन्न अनुरोध गरिने बताएको छ।
दक्षिण कोरियाको क्लवीय क्षेत्र ईथेवनमा सामुहिक सङ्क्रमण देखिएसंगै सउल महानगरपालीकाले सव वे मा यात्रा गर्ने यात्रुहरुलाई अनिवार्य मास्क लगाउनुपर्ने बाध्यात्मक नियम लागु गरेको हो।
सो नियम सव वे मा अत्यधिक भिडभाड हुने समय विशेषगरी विहान ७ बजेदेखी ९ बजेसम्म र वेलुकी ६ बजेदेखी ८ बजेसम्म लागु हुने सरकारी अधिकारीहरुले बताएका छन।