सोल–
दक्षिण कोरियामा कोरोना भाइरसका १३ जना नयाँ संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणलाई करिब नियन्त्रणमा लिएर संक्रमितको संख्या शून्यमा झरेको दक्षिण कोरियामा १३ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य अधिकारीहरुका अनुसार सामाजिक दूरीसम्बन्धि नियमहरु खुकुला बनाएको कारणले पुन: संक्रमण देखिएको हो । नियमहरु खुकुला बनाईए संगै व्यापार व्यवसाय र चर्चहरु खोलिएका थिए ।
दक्षिण कोरियामा हालसम्म कोरोना संक्रमितको संख्या ११ हजार ५० पुगेको छ भने २६२ को मृत्यु भएको छ ।पछिल्लो समयमा भने कोरोना संक्रमणबाट मृत्यु भएको छैन ।