सोल
दक्षिण कोरियाको सबैभन्दा ठूलो तथा कोरियाली राष्ट्रिय ध्वजा वाहक कोरियन एयरवेजले भोलिबाट आफ्ना सबै आन्तरिक तथा अन्तराष्ट्रिय उडानहरुमा यात्रा गर्ने यात्रुहरुमा फेस मास्क अनिवार्य गरेको छ ।
विमान कम्पनिका अधिकारीहरुका अनुसार उसले अन्तराष्ट्रिय विमान कम्पनि सञ्चालकहरुसँगको सहकार्यमा सो नियम बनाएको जनाएको छ ।
युनाइटेड एयरवेज, अमेरिकन एयरवेज लगायतका प्रतिष्ठित अन्तराष्ट्रिय विमान सञ्चालक कम्पनिहरुको संयुक्त छलफल पश्चात विमान यात्राका नयाँ नियमहरु बनाइएको हो ।
विमानमा यात्रा गर्ने सबै यात्रुहरुले मास्कको प्रयोग गर्नु अनिवार्य शर्त भएको बताउदै कम्पनिका एक अधिकारीले यो नियम आन्तरिक तथा अन्तराष्ट्रिय दुबै उडानहरुमा लागु हुने समेत बताएका छन् ।
उनले यो कोरोना संक्रमण रोकथामको प्रयास भएका कारण सबै नागरिकहरुलाई सहयोग गर्न समेत अनुरोध गरेका छन् ।
यसै महिनाको सुरुवातमा अन्तराष्ट्रिय विमान सञ्चालक समितिले सम्पुर्ण यात्रुहरुलाई अनुहार ढाक्ने पोशाक तथा मास्कको प्रयोग गर्न भनेको छ ।हटपाटीबाट