चर्चित कोरियन नायिका छे जी ऊ आमा बनिन

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाली चर्चित अभिनेत्री छे जी ऊ आमा बनेकी छिन | उनले शनिवार आफ्नो प्रथम सन्तानलाई जन्म दिएकी हुन् ।

विवाहको दुई बर्षपछि उनले बच्चा जन्माएकी हुन् । प्रथम सन्तानको रुपमा उनले छोरीलाई जन्म दिएको उनका व्यवस्थापकले जानकारी दिएका छन् ।

छे छोरिकी आमा बनेको जानकारी कोरियाको प्रतिष्ठीत चलचित्र निर्माता कम्पनी वाईजी ईन्टरटेनमेन्टले जनाएको छ । कम्पनिका अनुसार हाल आमा र बच्चाको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।

छेलाई विशेष गरि उनले अभिनय गरेको प्रख्यात कोरियाली चलचित्र ‘विन्टर सोनटाका’ लागि चिनिन्छ । सो चलचित्र सन् २००२ को सर्वाधिक ख्याति प्राप्त चलचित्र समेत रहेको थियो ।

छेले २ बर्ष अगाडी सिने उद्योग बाहिरका ४५ बर्षिय कोरियाली नागरिक सँग विवाह गरेकी थिईन् । बच्चाको जन्म पश्चात उनले अभिनय क्षेत्रमा फर्कने, नफर्कने बारे केही बताएकी छैनन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *