शोल

दक्षिण कोरियामा गएको ४ महिनामा बेरोजगारीको संख्या ह्वात्तै बढेको छ l जनवरी देखि अप्रिल सम्मको आंकडालाइ हेर्दा २० लाख भन्दा धेरै नागरिक बेरोजगार बनेका छन् l
कोरोना भाइरसका कारण ब्यापार व्यावसायमा आएको मन्दी संगै उक्त संख्या बृद्वी भएको हो lयो बेरोजगारी दर सन् २ हजार देखि यताकै उच्च हो l
त्यसैगरी कोरोना भाइरसका कारण सामाजिक दुरी फराकिलो हुन थालेपछि गर्दै आएको रोजगारी समेत गुम्न थालेको छ l यसरि रोजगारी गुमाउनेको संख्या १० लाख नाघेको छ l
सेवा क्षेत्र , उत्पादनमुलक क्षेत्र , होटेल तथा पर्यटकीय क्षेत्रमा रोजगारी गुमाउनेको संख्या उच्च छ lत्यसैगरी दक्षिण कोरियामा उत्पादित समानको निर्यातमा पनि भारि गिरावट आउन थालेको छ l
फेब्रुरी देखिको तुलनामा सबैभन्दा धेरै मे महिनाको को १० दीनको अबधिमा बाहिरि निर्यात ४६ .५ प्रतिशतले घटेको छ भने गएको अप्रिलमा २४.३ प्रतिशतले घटेको थियो l